बुटवल,माघ १-
-संशोधन प्रस्ताबबारे पार्टीको कुनै निकायमा छलफल भएको छैन् । पार्टीले कुनै निर्णय गरेको छैन् ।
–यसैगरी जथाभावी नागरिकता बांडे पांच बर्षमा नेपाली रहन्नन् ।
-पांच नम्बर प्रदेश टुक्रिए सुदूरपश्चिम पांच दिन पनि टिक्दैन,चितवन तीन घण्टाभित्रै टुक्रिन्छ ।
-कमजोर र शान्तिप्रीय ठानेर हेपेको हेप्यै गर्ने ? अहिले भए गौतम बुद्धले पनि नेपाली खुकुरी लिएर हिड्थे होलान् ।
-शेर बहादुर देउवाका सबै कुरा मान्छौं तर दुर्ई सेकेण्ड मान्दैनौं । त्यो दुई सेकेण्ड संशोधन प्रस्तावमा हस्ताक्षर गर्न लाग्ने समय हो ।
-मोदी जी र भारतलाई देखाउन पनि सशोधन प्रस्ताव असफल बनाउनुपर्छ ।
-असफल भएमात्र नेपाली भूभाग डुब्नेछैन्,सुस्ताबासीलार्ई मुद्धा लाग्नेछैन् ।
-संशोधन प्रस्ताव असफल बनाएरै छाड्छौं । आबश्यक परे पहाडबाट जनता उतारेर सडकमै खाना पकाएर खुवाउंछौं ।
-कांग्रेस एमाले नमिलिकन संबिधान कार्यन्वयन हुंदैन ।
प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रिय सदस्य तथा सभासद चन्द्र भण्डारीले ब्यक्त गरेका धारणाहरुका मुख्य बूंदा । -दीपक ज्ञवाली
लुम्वीनीभ्यूवाट साभार