Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
‘कुमार घैंटे’का सहयोगी नरदेवी अस्पतालको अध्यक्षमा नियुक्त – Gaule Khabar

‘कुमार घैंटे’का सहयोगी नरदेवी अस्पतालको अध्यक्षमा नियुक्त

‘कुमार घैंटे’का सहयोगी नरदेवी अस्पतालको अध्यक्षमा नियुक्त

काठमाडौं, माघ  १

स्वास्थ्य मन्त्रालयले प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके कुमार घैंटका सहयोगी खेम तिवारीलाई नरदेवी आयुर्वेद अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको छ ।

घैंटेका विश्वापात्रका रुपमा चिनिदै आएका तिवारी कांग्रेसभित्र विवादास्पद पृष्ठभूमि बनाएका व्यक्तिका रुपमा चिनिन्छन् ।स्वास्थय मन्त्रालयद्वारा विकास समितिको अध्यक्षमा नियुक्ति पाएका तिवारीले दलबलसहित काठमाडौंको नरदेवीमा रहेको सो अस्पतालमा पुगेर पदभार ग्रहण समेत गरेका छन् । तिवारीलाई अस्पतालका निमित्त प्रमुख रामदेव यादवले फूलमालाले स्वागत गरेका थिए ।

सरस्वती क्याम्पसका गुन्डा नाईके घैंटेका मुख्य सहयोगी सन्देश अधीकारीले तिवारीलाई विकास समितिको अध्यक्ष सम्म पुग्ने बाटो देखाइ दिएका थिए ।सरस्वती क्याम्पस र ठमेल क्षेत्रमा कुमार घैंटेको आडमा व्यापारीसँग रकम असुलेर तिवारीले हैरान बनाएको उजुरी प्रहरीसम्म पुगेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका