काठमाडौं,माघ १-
हवाई मार्ग हुँदै तस्करले भित्र्याएको १३ केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको घटना सेलाउन नपाउँदै प्रहरीले फेरि ठूलो परिमाणमा अवैध सुन बरामद गरेको छ ।
प्रहरीले बालाजु क्षेत्रबाट गएराति १५ केजी सुन बरामद गरेको हो । उच्च प्रहरी स्रोतका अनुसार सुनसँगै एकजना मानिससमेत पक्राउ परेका छन् ।महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख डिएसपी सन्तोष तामाङ नेतृत्वको टोलीले उक्त सुन बरामद गरेको हो । तामाङका अनुसार सुन रसुवागढी नाका हुँदै काठमाण्डु भित्र्याइएको हो ।
भाडाको टाटासुमो गाडीमा राखेर सुन राधजानी भित्रिएको सूचना पाएपछि तामाङको टोलीले काठमाण्डुको थानकोटबाट उक्त गाडीको पिछा गरेको थियो । गाडी बालाजु क्षेत्रमा प्रवेश गर्ने बित्तिकै प्रहरीले अपरेशन गरेको थिनो ।
स्रोतका अनुसार पक्राउ परेका चालकले आफू भरिया मात्र भएको बयान दिएका छन् । प्रहरीले त्यसबारे आजै पत्रकार सम्मेलन गरी सुन बरामद भएको विषयमा विस्तुत जानकारी गराउने भएको छ ।