Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मधेसी मोर्चालाई बादलको चेतावनीः भारतीय मध्यस्थतामा नेपालमा गडबढ गर्ने सोचेको भए ठीक हुँदैन – Gaule Khabar

मधेसी मोर्चालाई बादलको चेतावनीः भारतीय मध्यस्थतामा नेपालमा गडबढ गर्ने सोचेको भए ठीक हुँदैन

मधेसी मोर्चालाई बादलको चेतावनीः भारतीय मध्यस्थतामा नेपालमा गडबढ गर्ने सोचेको भए ठीक हुँदैन

काठमाडौं,पुस २९-

प्रमुख दुई सत्तारुढ घटक काँग्रेस र माओवादी केन्द्र तथा मधेसी मोर्चाको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ कडा रुपमा पेस भए ।

थापाले मधेसी मोर्चाका नेताले भारतीय नेताको मध्यस्थतामा भारतीय मध्यस्थतामा पटनामा भएको भनिएको मोर्चा, तराईमा सशस्त्र संघर्षरत समूह र सिके राउतबीचको बैठकको कुरा उठाए । उनले त्यसलाई गम्भीर रुपमा लिनुपर्ने उल्लेख गरे ।

‘नेपालको आन्तरिक मामिलामा त्यसरी गलत तरिकाले विदेशीको मध्यस्थतामा छलफल भएको हो भने यो गम्भीर विषय हो’, बादलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो– ‘यसबारे सरकारले गम्भीर रुपमा अनुसन्धान गर्नुपर्छ ।’बादलले एमाले नेता भीम रावलले राष्ट्रपतिसँगको पाँच दलका शीर्ष नेताको भेटमा र एमाले बैठकमा उक्त विषय उठाएको र सञ्चार माध्यममा समेत आएकाले त्यसलाई हल्काफुल्का रुपमा लिन नहुने उल्लेख गरे । त्यस क्रममा उनले त्यो समाचार सत्य वा असत्य जे भए पनि शुभसंकेत नभएको टिप्पणी गरे ।

‘यदि यो होइन रहेछ भने यसको पछाडि झन् ठूलो ग्राइण्ड डिजाइन छ’, बादलले भने । उनले मधेसवादी दलका नेतालाई ‘तपाईंहरु छलफलमा गएको हो कि होइन ?’ भन्ने प्रश्नसमेत गरे ।उनले नेपालको आन्तरिक मामिलामा नेपालभित्रै छलफल गर्न सकिने तर, विदेशी भूमिमा र विदेशी शक्तिको मध्यस्थतामा समस्या समाधान गर्न खोज्नु घातक भएको टिप्पणी गरे ।बैठकमा मधेसी मोर्चका तर्फबाट उपेन्द्र यादव, महन्थ ठाकुर, हृदयेश त्रिपाठी, राजेन्द्र महतो, अनील झा, राजकिशोर यादव लगायत थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका