Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चौथो खिचरा महोत्सव आजबाट सुरु – Gaule Khabar

चौथो खिचरा महोत्सव आजबाट सुरु

चौथो खिचरा महोत्सव आजबाट सुरु

चितवन , पौष २८
थारु संस्कृति संरक्षण गर्ने उदेश्यले पूर्वी चितवनको खैरहनीमा चौथो खिचरा महोत्सव आज (विहीवार )देखि सुरु भएको छ । थारु समुदायले परम्परादेखि प्रयोग गर्दै आएका सामाग्री,थारु संस्कृति र खानालाई महोत्सवमा प्रर्दशन गरेर थारु संस्कृतिबलाई जनसमुदाय माझ पुर्याउने उद्ेश्यले थारु कल्याणकारिणी सभा क्षेत्र नं.७ ले आयोजना गरेको महोत्सवको आज पूर्व अर्थमन्त्री एवं चितवन क्षेत्र नम्बर १ का सांसद सुरेन्द्र पाण्डेले उद्घाटन गरेका छन् ।

सो अबसरमा उनले थारु संस्कृति देशको विविधतासंग जोडिएको विषय भएकाले यसको संरक्षणमा राज्यले पनि ध्यान दिन आवश्यक रहेको बताए । महोत्सवमा १२० वटा स्टलहरु रहेको मुल समारोह समितिका संयोजक नारायणप्रसाद महतोले जानकारी दिए । थारु समुदायको पर्व माघीको अबसरमा आयोजना गरिएको सो महोत्सवमा २० वटा खाना,८० वटा व्यवसायिक,१० वटा अटो र ६ वटा कृषिका स्टलहरु राखिएको संयोजक महतोले जानकारी दिए । खानाका स्टलहरुमा अनदिको भात(चिचर),घोङगी,माछा,निच्चामाछा,गोगा,हासको मासु लगायतका परिकारहरु विक्रीका लागि राखिएको छ । थारु संस्कृति संरक्षणमा जनचेतना जगाउने उद्ेश्यले महोत्सव परिषर भित्र मिनी संग्रहालय तथा थारु परमपरागत घरहरु राखिएका छन् ।

महोत्सवबाट भएको आम्दानीबाट थारु संस्कृतिक संग्रहालय निर्माण गर्ने योजना रहेको आर्थिक समितिका संयोजक टिकेन्द्र चौधरीले जानकारी दिए । महोत्सवको सहआयोजकमा खैरहनी नगरपालिका,खैरहनी उद्योग बाणिज्य संघ,रत्ननगर उद्योग वाणिज्य संघ,चितवन उद्योग संघ,ओमश्री ट्रडर्स र जिल्ला कृषि विकास कार्यालय रहेको छन् । महोत्सव उद्घाटन हुनु पूर्व पर्सा बजारबाट निश्किएको शोभायात्राले बजार परिक्रमा गरी महोत्सव स्थल खैरहनी ५ गौचरनमा पुगेर सभामा परिणत भएको थियो । महोत्सव माघ ५ गतेसम्म चल्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका