Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत क्षेत्र नम्बर २ को खेल सुरु – Gaule Khabar

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत क्षेत्र नम्बर २ को खेल सुरु

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत क्षेत्र नम्बर २ को खेल सुरु

चितवन , पौष २४
नवौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत क्षेत्र नम्वर दुईको खेलहरु बुधवारदेखी पदमपुर स्थित भीमोदय माध्यमिक विद्यालयमा सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति चितवनको आयोजनामा भएकोे खेलको एक औपचारीक कार्यक्रमबीच कालिका नगरपालिकाका कार्यकारी अधिकृत पुष्पराज खनालले उद्घाटन गरेका हुन्।

सो अवसरमा वोल्दै कार्यकारी अधिकृत खनालले नेपाललाई विश्वमा चिनाउन खेल र खेलाडीको पनी योगदान रहेको बताए । विद्यार्थीहरुले पढाई सँगै खेलप्रती पनी चासो राख्दै विभिन्न खेलकुदको कार्यक्रममा भाग लिनुपर्नेमा जोड दिए । जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष एवं क्षेत्र नम्बर २ का संयोजक केशव आचार्यकोे अध्यक्षतामा भएको कार्यक्रममा भिमोदय माविका सह प्रधानाध्यापक बिष्णुप्रसाद अधिकारीले स्वागत मन्तव्य राखेका थिए । प्रतियोगिता अन्र्तगत विहिबार विभिन्न खेलहरु भएका छन् ।

पहिलो दिन भएको एथलेटिक्समा कंकाली माविले वर्चस्व जमाएको छ । बुधवार विभिन्न दुरीको दौड हुनुका साथै भलिवल र कवड्डीको पहिलो चरणको खेल भएका छन् । छात्र पन्ध्र सय मिटर दौडमा नेपाल माध्यमिक विद्यालयका इजरायल आलम प्रथम भएका छन् भने भीमोदय माविका अनिष पाख्रिन द्धितिय र कंकाली माविका चुनचुन सहनीले तेश्रो स्थान हासिल गरेको प्रतियोगिताका संयोजक एवंम् आयोजक जिल्ला खेलकुद विकास समिति चितवनका कोषाध्यक्ष केशव आचार्यले जानकारी दिए । त्यस्तै छात्रा पन्ध्र सय मिटर दौडमा कंकाली माविकी पुजा चौधरी,कंकाली माविकै जुना चौधरी र भीमोदय माविकी अनिषा परियार क्रमस प्रथम ,द्धितिय र तृतिय भए । छात्र सटपुटमा भीमोदय माविका नविन गुरुङले प्रथम स्थान हासिल गर्दा पृथ्वी माविका केहरसिंह गुरुङ द्धितिय र जनजागृती माविका सुवास महत तेश्रो भएका प्रतियोगिताका संयोजक आचार्यले जानकारी दिए ।

छात्रा तर्फको सटपुटमा कंकाली माविकी विनिता गान्धारी प्रथम,भीमोदय माविकी स्मृति मल्ल द्धितिय र कंकाली माविकी अर्चना चौधरी तेश्रो भईन् । बुधवारनै एक सय,चार सय,आठ सय मिटरको दौडमा छात्र छात्राबीच छुट्टा छुट्टै प्रतिस्पर्धा भएको छ भने कवड्डी र भलिवलका पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । १५ वटा विद्यालय सहभागी क्षेत्र नम्वर दुईको प्रतियोगिता विहिबारसम्म चल्ने छ । क्षेत्रिय स्तरका प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले जिल्लास्तरमा प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समिति चितवनका कार्यालय प्रमुख रामजी ढकालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका