चितवन, पुस २७–
चितवन महोत्सव अन्तरगतको क्याम्पचौर फुड फेस्टिबल भोलीदेखि सुरु हुने भएको छ ।
आयोजकले आज नारायणगढमा पत्रकार सम्मेलनगरि फुड फेस्टिबलको तयारी पुरा भईसकेको जानकारी दिएको छ । स्थानीय स्तरका विभिन्न जातजातिहरुको खानाको प्रवद्र्धन गर्नु फुड फेस्टिबलको मुख्य उद्देश्य रहेको फुड फेस्टिबल व्यवस्थापन समितिका संयोजक शंकर नेपालले जानकारी दिनुभयो । पुस २८ देखि माघ २ गतेसम्म क्याम्पचौर नारायणण्गढमा हुने फुड फेस्टिबलमा ६० वटा स्टलहरु रहने छन् । यस फेस्टिबललाई यसपटक नेवाः पुच नारायणगढले संयोजन गरेको हो ।
फुड फेष्टिबलको भोली दिउँसो साँढे १ बजे समुद्घाटन हुने फुड फेष्टिबल व्यवस्थापन समिति नेवा पुचः नारायणगढका संयोजक देवेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भोली पहिलो दिन साँझ ६:३० देखि ८ बजेसम्म विविध साँस्कृति कार्यक्रम र ८ बजेदेखि ९ बजेसम्म डिजे कार्यक्रम हुनेछ । चार दिने फुड फेस्टिबलमा मनोरञ्जनात्मक कार्यक्रमहरु, फेशन शो, हाँस्य प्रहशन र विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएकोले करिव ३० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ । पत्रकार सम्मेलनमा चितवन महोत्सव मुल समारोह समितिका संयोजक राजन गौतमले फुड फेस्टिबलले विशुद्ध खानाको परिकारलाई प्रवद्र्धन गर्ने भएकाले यस्तो कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।