चितवन, पुस २५–
राष्ट्रपति रनिङ शिल्ड अन्र्तगत चितवन क्षेत्र नम्वर एकको प्रतियोगिता सोमबार सकिएको छ । जिल्ला खेलकुद विकास समिति चितवनको आयोजनामा भएको प्रतियोगिताको अन्तिम दिन भलिबल, कबड्डी, ज्यावलिन थ्रो, रिले दौडलगायका
खेलको भएका छन् । छात्र भलिबलमा वीरेन्द्र आर्दश माध्यमिक विद्यालय प्रथम तथा वह्मनगर मावि द्धितिय भयो । त्यस्तै छात्रा भलिबलमा खैरहनी मावि प्रथम हुँदा वीरेन्द्र आर्दश मावि द्धितिय भएको प्रतियोगिताका संयोजक सुदन दराईले
जानकारी दिए । कबड्डीको छात्रामा खैरहनी माविनै प्रथम भयो भने डेजी इङ्ग्लिस बोर्डिङ द्धितिय भयो । छात्र तर्फ ब्रह्मनगर मावि र कपिया मावि क्रमसः प्रथम र द्धितिय भएको प्रतियोगिता संयोजक दराईले बताए । ज्यावलिन थ्रोको छात्रामा बीरेन्द्र आर्दश माविकी सावित्री पुन, खैरहनी माविकी सन्तोषी लामिछाने, कपिया माविकी सुस्मिता खत्री क्रमसः प्रथम, द्धितिय र तृतिय भए । छात्र
तर्फ भने कपिया माविका विशाल लामा प्रथम, बीरेन्द्र आर्दश माविका चन्दन चौधरी द्धितिय र खैरहनी माविका विनोद लामा तृतिय भएको दराईले जानकारी दिए ।
यसैगरी रिले दौडमा छात्र तर्फ बीरेन्द्र आर्दश मावि प्रथम र खैरहनी मावि द्धितिय भ एभने छात्रा तर्फ गवै मावि प्रथम तथा कठार मावि द्धितिय भए । यसअघि आईतवार पन्ध्र सय मिटर दौड र एक सय मिटरको फाईनल भएको थियो ।
प्रतियोगिताबाट छनौट भएकाहरुले जिल्लास्तरीय प्रतियोगिता प्रतिस्पर्धा गर्न पाउने जिल्ला खेलकुद विकास समिति चितवनका कोषाध्यक्ष केशव आचार्यले जानकारी दिए । सो प्रतियोगितामा टिम प्रथम हुनेले नगद ७५ हजार र ट्रफी
तथा टिम द्धितिय हुनेले नगद ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । राष्ट्रपति रनिङ शिल्डको क्षेत्र नम्वर दुईको खेल यही पुष २७ गते हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगालाल लामाले जानकारी दिए ।
यसैबीच राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत चितवनको क्षेत्र नम्बर ४ को खेल प्राविधिक कारणले सरेको जिल्ला खेलकुद विकास समिति चितवनले जनाएको छ । सोमबार विज्ञप्ती निकालेर समितिका सचिव रामजी ढकालले माघ २ र ३ गते हुभनिएको यस क्षेत्रको खेल माघ ९ र १० गतेका लागि सारिएको जानकारी दिएका हुन् । अन्य क्षेत्रका खेलहरु भने यथावत रहने उनले बताए ।