Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विपक्षीको होहल्लाका बीच संविधान संशोधन विधेयक संसदमा पेश – Gaule Khabar

विपक्षीको होहल्लाका बीच संविधान संशोधन विधेयक संसदमा पेश

विपक्षीको होहल्लाका बीच संविधान संशोधन विधेयक संसदमा पेश

नेकपा एमालेसहितका विपक्षी दलहरुको विरोधका बीच व्यवस्थापिका संसदमका संविधान संशोधन विधेयक टेबलको प्रक्रिया सुरु भएको छ ।

सर्वोच्चका ओदशपछि संसदको आइतबारको बैठक सुचारु भएको थियो । लगतै निर्वाचनसम्वन्धी दुई विधेयक पेश भयो भने अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउने निर्णय भयो ।

संसद संविधान संशोधन विधेयकको कार्यसूचीमा प्रवेश गर्नासाथ एमालेसहितका विपक्षी दलहरु उठेर विरोध गरे । तर, सभामुखले कार्यसूची अगाडि बढाएपछि विपक्षी दलका सांसदहरुले नाराबाजी गरेका छन् ।

विपक्षी दलका नेताहरु उभिइरहेका बेला संविधान संशोधन प्रस्तावमा विरोधको सूचना दर्ता गर्ने नेमकिपाका प्रेम सुवाललाई सभामुखले बोल्न दिइन् । उनले बोल्न त बोले तर उनले यो प्रस्ताव नै फिर्ता लिइनुपर्ने जिकिर गरे ।

त्यसपछि विरोधको सूचना दर्ता गर्ने राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीलाई सभामुखले बोल्न आग्रह गरिन् । केसी नबोलिकन उभिइरहे । विपक्षी दलका नेताहरु उभिएर होहल्ला गरिरहेका थिए ।

प्रेम सुवालले माइक्रोफोन समातेर नारा लगाउन थाले । संसदभित्र व्यापक होहल्ला मच्चियो । तर, यही होहल्लाका वीचबाट कानूनमन्त्रीले संविधान संशोधन प्रस्ताव पेश गरी छाडे ।

संविधान संशोधन प्रस्ताव पेश भइसकेपछि सभामुख घर्तीले सोमबार दिउासो १ बजेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका