Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जाडोमा मनतातो पानी पिउनुका फाइदा – Gaule Khabar

जाडोमा मनतातो पानी पिउनुका फाइदा

जाडोमा मनतातो पानी पिउनुका फाइदा

चितवन,पुस १४-

हाम्रो शरीरको अधिकांश भाग पानीमा नै निर्भर रहन्छ । यदि शरीरमा थोरै पनि पानी कमी भएमा बिरामी हुन सक्छ । त्यसैले पनि शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन ।

त्यसमा पनि हामीले मनतातो पानी पिउने बानी गर्यौ भने शरीरमा रहेको हानिकारक तत्व बाहिर निकाल्न सक्छ । यसरी मनतातो पानी पिएर हामी घरैमा धेरै रोगको उपचार गर्न सक्छौँ ।

अहिलेको चिसो मौसममा मनतातो पानी स्वास्थ्यका लागि उत्तम हुन्छ । चिसोमा मनतातो पानी पिउनुका फाइदा यस्ता छन् ः

हरेक समय थकान महसुस गर्नेले दैनिक बिहान मनतातो पानी पिउनु फाइदाजनक हुन्छ । यसले शरीरको रक्तसञ्चार बढाएर स्फूर्ति बढाउन मद्दत गर्छ ।

बिहान–बिहान एक गिलास मनतातो पानी पिउँदा पुरानो कब्जियतलाई पनि पूर्णतया निको पार्छ ।

बिहान मनतातो पानी पिउँदा अनुहारको छाला पनि नरम र चम्किलो बनाउँछ ।

ब्ल्याक हेड्स तथा अन्य खटिराको समस्या पनि मनतातो पानी पिउँदा समाधान हुन्छ ।

सर्दी तथा चिसो लाग्दा मनतातो पानी सबैभन्दा उत्तम औषधि हो । त्यसैले रुघाखोकी सुरु हुनासाथ मनतातो पानी पिउन सुरु गरिहाल्नुपर्छ । यसले श्वास तथा अन्ननली खुलाउनुका साथै खोकीबाट पनि आराम दिन्छ ।

यदि धेरै दिनदेखि भोक लाग्न छोडेको छ भने पनि एक गिलास मनतातो पानीमा मरिच, नुन र कागती राखेर पिउनाले फाइदा गर्छ ।

पिसाबसम्बन्धी धेरै समस्याको समाधान पनि मनतातो पानीले गर्छ ।

महिलालाई महिनावारीको समयमा पेट दुख्ने समस्या भएमा पनि मनतातो पानी पिउँदा फाइदा गर्छ ।

नयाँ पत्रिकाबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका