Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपालगन्जमा आज यसवर्षकै सबैभन्दा बढी चिसो – Gaule Khabar

नेपालगन्जमा आज यसवर्षकै सबैभन्दा बढी चिसो

नेपालगन्जमा आज यसवर्षकै सबैभन्दा बढी चिसो

नेपालगन्ज, पुस  १३ –

नेपालगन्जमा आज यसवर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । दुई हप्तासम्म पारिलो घाम लागेको नेपालगन्जमा अचानक चिसो ह्वात्तै बढेको हो । नेपालगन्जको अधिकतम तापक्रम आज १३ दशमलव ८ छ भने न्यूनतम तापक्रम ९ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको हावापानी फिल्ड कार्यालय राझाका इन्चार्ज रीता महत्तोले जानकारी दिनुभयो ।

नेपालगन्जमा यसअघि मंसिर १८ गते सबैभन्दा बढी चिसो मापन गरिएको थियो । पश्चिम वायुको प्रभावले नेपालगन्जमा चिसो बढाएको मौसमविदहरुले वताएका छन । हिंजो साझदेखि पश्चिम नेपालका अधिकांश स्थानमा बाग्लो हुस्सु र शितलहर सुरु भएको छ । आज राझा विमानस्थलबाट हुने सम्पूर्ण उडान रद्द भएका छन ।

भिजिविलिटी नभएकाका कारण आजका उडान अवरुद्ध भएका नागरिक उडड्यन कार्यालयले जनाएको छ । नेपालगन्जमा मानिसहरुको आज चहलपहलमा तुलनात्मक कमी आएको छ । अत्यावश्यक कामबाहेक बाहिर हिडडुल नगर्न स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन । न्यानो कपडा लगाउन र झोलिलो खानेकुरा बढी प्रयोग गर्न जिल्ला जन स्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्काले सबैलाई सुझाव दिनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका