Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपाली वैज्ञानिकसहितको टोली अष्ट्रेलियामा सम्मानित – Gaule Khabar

नेपाली वैज्ञानिकसहितको टोली अष्ट्रेलियामा सम्मानित

नेपाली वैज्ञानिकसहितको टोली अष्ट्रेलियामा सम्मानित

अष्ट्रेलिया,पुस १३ –

नेपाली वैज्ञानिक डा. राजु अधिकारीसहितको टोली आफ्नो आविष्कारका लागि अष्ट्रेलियामा पुरस्कृत भएको छ । यो टोलीले करीब चार वर्षको अनुसन्धानपछि माटोमा पानीको वाष्पीकरण रोक्ने तर माटोलाई कुनै पनि असर नगर्ने प्लाष्टिक प्रविधि आविष्कार गरेको छ ।

हाल यो प्रविधिको अष्ट्रेलियाका केही फार्महरुमा प्रयोग भइरहेको छ ।

हालसम्म माटोमा पानी वाष्पीकरण भएर जाने एउटा समस्या थियो भने वाष्पीकरण रोक्न प्रयोग भएको प्लाष्टिक माटोमै रहँदा अर्को समस्या श्रृजना भएको थियो ।

पुरस्कृत भएपछि  डा. राजु अधिकारीले भने, ‘यो प्रविधि सार्बजनिक प्रयोगमा आएपछि माटोमा भएको चिस्यान बचाउन निकै उपयोगी हुने छ ।’

संसारमा तीव्र जनसंख्या वृद्धिका कारण कृषि उत्पादनमा पनि वृद्धि गर्नुपर्ने बाध्यता छ । नयाँ-नयाँ विषादीको प्रयोगले माटोको उत्पादकत्वमा ह्रास भइरहेकाले कृषि वैज्ञानिकहरु कृषिमा उत्पादकत्व बढाउने वैकल्पिक उपायहरुको खोजीमा छन् ।

डा. अधिकारीको भनाइमा ऊर्जा क्षेत्रमा वैकल्पिक ऊर्जाको बहस भए झैं कृषिको क्षेत्रमा पनि वैकल्पिक कृषि प्रविधि सम्बन्धी खोज अनुसन्धान चलिरहेको छ । यो त्यस्तै एक आविष्कार हो । यो पोलिमर काम सकिएपछि माटोमै मिल्ने भएकाले यसका उपयोगिता अब विश्वमा बढ्ने छ ।

अष्ट्रेलियाको कमनवेल्थ साइन्टिफिक इन्डस्ट्रीयल रिसर्च अर्गनाइजेशन (सी.एस.आई.आर.ओ.)का प्रिन्सिपल रिसर्च साइन्टिस्ट डा. अधिकारी गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समितिका सीप, ज्ञान तथा आविष्कार समितिका संयोजक समेत हुन् ।

‘कृषि तथा खाद्य निर्देशक सम्मान’ नामक उक्त पुरस्कार डा. अधिकारीसहित किथ व्रिस्टव, माइकल ब्रउनक, व्रेन थमस, फील क्यासे, जर्ज क्रिचमीट, प्रवीण संगवान र जोन्स्टन जर्का लगायतका वैज्ञानिकले सामूहिक रुपमा प्राप्त गरेका हुन् ।

यसअघि डा. अधिकारीसहितका बैज्ञानिकहरुले आविष्कार गरेको प्रविधि चिकित्सा क्षेत्रमा पनि उपयोगमा छ । खासगरी कार्डियक एप्लिकेशन र टिष्यू इन्जिनियरिङमा प्रयोगमा छ ।

हाल अष्ट्रेलिया र अमेरिकामा दुई फरक कम्पनीहरु डा. अधिकारसहितका बैज्ञानिकहरुको आविष्कारबाट निर्मित प्लास्टिकका सामाग्रीहरु प्रयोग गरिरहेका छन् । अष्ट्रेलियाको पोलिनोभो र अमेरिकाको एओरिच कम्पनीले डा. अधिकारीसहितका बैज्ञानिकले आविष्कार गरेका स्वास्थ्य सामाग्रीहरु बिक्री गर्दछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका