Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
संविधान संशोधन नगरी चुनाव गरे सशक्त प्रतिकार गर्छौंः उपेन्द्र यादव – Gaule Khabar

संविधान संशोधन नगरी चुनाव गरे सशक्त प्रतिकार गर्छौंः उपेन्द्र यादव

संविधान संशोधन नगरी चुनाव गरे सशक्त प्रतिकार गर्छौंः उपेन्द्र यादव

काठमाडौं पुस १३ –

संघीय गठवन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नगरीकन चुनाव गरे प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

उनले मुलुकको वर्तमान राजनीतिक गतिरोध फुकाउने एकमात्रै बाटो भनेको संविधान संशोधन भएको बताए ।

रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा फोरम अध्यक्ष यादवले भने, ‘यदि जबरजस्ती चुनाव गरियो भने मोर्चाले त्यसलाई मान्दैन, एक समयमा पूर्वराजा ज्ञानेन्द्रले पनि यस्तै चेष्टा गरेका थिए, तर हालत के भयो ?’

उनले अघि भने, ‘समस्या राजनीतिमा छ, अनि चुनाव गराउँछु भनेर हुन्छ ?’

उनले फेरि थपे, ‘कांग्रेस-कम्युनिष्टहरुको बुद्धि पनि विचित्रको छ, अहिलेको संविधानले स्थानीय तहको चुनावको परिकल्पना गरेको छ, तर उनीहरु स्थानीय निकायको चुनाव गर्ने भनिरहेका छन् । अब कुन संविधानलाई समातेर चुनाव गर्ने हुन् ?’

यादवले कांग्रेस र एमाले अहिले गणतन्त्र, संघीयताजस्ता उपलब्धि समाप्त पार्ने खेलमा लागेको आरोप लगाए ।

कांग्रेसले दोधारे चरित्र देखाएकाले आन्दोलनका उपलब्धिहरु संकटमा पर्न लागेको भन्दै उनले भने, ‘नेताहरुले संविधान संशोधन गर्नुपर्छ भन्ने अनि जिल्लामा कार्यकर्ता उतारेर संशोधनको विरुद्धमा आन्दोलन मच्चाउने, यो दोधारे चरित्र हो ।’

उनले अघि भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवाले हिजो राजासँग मिलेर कांग्रेस तोडेर बहुदलीय व्यवस्था नै धरापमा पारेको इतिहास छ, फेरि त्यही भूमिकामा जाने हो कि भन्ने खतरा छ ।’

यादवले कांग्रेस-कम्युनिष्टहरु मिलेर मुलुकलाई प्रतिगमनतर्फ लैजान लागेको समेत आरोप लगाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका