काठमाडौं पुस १३ –
प्रमुख तीन दल एकसाताभित्रै निर्वाचनको मिति घोषणा गर्न सहमत भएका छन् । सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकले स्थानीयत तह पुनर्संरचना आयोगको प्रतिवेदन बुझेर स्थानीय तहकै निर्वाचनको मिति घोषणा गर्ने विषयमा सहमति भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
कांग्रेसले स्थानीय निकायको निर्वाचन गर्ने प्रस्ताव गरे पनि एमाले र माओवादी केन्द्रका नेताहरुले स्थानीय तहकै निर्वाचनमा जोड दिएका थिए ।