बाग्लुङ, पुस १३-
नेकपा एमाले बागलुङको अध्यक्षमा प्रदेश कमिटिका सदस्य इन्द्रलाल सापकोटा विजयी भएका छन् । शनिवारदेखी बाग्लुङ सदरमुकाममा शुरु भएको आठौ जिल्ला अधिवेशनबाट बर्तमान पार्टी उपाध्यक्ष तथा सांसद नर बहादुर थापालाई २३५ मतअन्तरले पछिपार्दै सापकोटा विजयी भएका हुन । जिल्लाभरका ६ सय ६ जना प्रतिनिधिहरु सहभागी रहेको अधिवेशनमा ५ सय ७९ मत खसेको थियो । उक्त मतबाट सापकोटाले ३८८ मत र थापाले १५३ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक ममतादेवि शर्माले जानकारी दिइन ।
यस्तै उपाध्यक्षमा कृष्ण पाठक विजयी भएका छन् । उनले ३१८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी टंक प्रसाद पौडेलले २३२ मत प्राप्त गरेका छन् ।सचिवमा लाल बहादुर थापा विजयी भएका छन् । थापाले ३८६ मत र उनका प्रतिद्वन्द्वी ध्रुव बहादुर केसीले १४५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
यस्तै सहसचिवमा विष्णु भुषाल विजयी भएका छन् । भुषालले ३१०, राम बहादुर जिसीले १७३ र नेत्र विष्टले ४९ मत प्राप्त गरेका छन् ।
यस्तै ९ सदस्य रहने खुल्ला सदस्य पदमा केवि राना मगर २७६, धन बहादुर परियारले २६३, गणेश बहादुर थापा २४२, डिल्लीराज गौतम २३४, गोविन्दराज गौतम १९९, ऋतुवर्ण पौडेल १८३, भुपाल चालिसे १८०, पुनम प्रसाद शर्मा १७१ र लक्ष्मण पुनले १७१ मत प्राप्त गरी विजयी भएका छन् ।