Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जाडो मौसममा हृदयाघातको जोखिम बढी – Gaule Khabar

जाडो मौसममा हृदयाघातको जोखिम बढी

जाडो मौसममा हृदयाघातको जोखिम बढी

डा. अनिल भट्टराई,

चितवन,पुस १३-

स्वीजरल्याण्डको लाउजन विश्वविद्यालयले गरेको एक अध्ययनले जुलाई–अगष्टमा भन्दा डिसेम्बर–फेब्रुअरीमा हृदयाघात (हर्टअट्याक) बिरामी बढीहुने गरेको बताएको छ ।उक्त अध्ययन एक लाख मानिसमा जुलाई–अगष्ट र डिसेम्बरदेखि फेब्रुअरीसम्म गरी दुई फरक–फरक मौसममा गरिएको थियो । अध्ययनम्को क्रममा तिनीहरुको रक्तचाप, ब्लड सुगर, कोलेस्टेरोल र पेटको साइज मापन गरिएको थियो । जसमा एकहजार मानिसमा जाडो मौसममा हृदयाघातको जोखिम बढी भएको पाइएको थियो ।

यसैगरी मुसामा गरिएको अर्को अनुसन्धानले जाडोमा रक्तनलीको लेयर बढ्ने र मुटुको नशा पनि मोटो हुने भएकाले रगतको आपूर्ति कम हुँदा हृदयाघात हुनसक्ने देखाएको थियो ।

जाडो मौसममा रगतमा कोलेस्टेरोललगायतका रिस्क फ्याक्टरको मात्रा बढ्ने कुरा प्रमाणित नै भएको छ । त्यसैले जाडो मौसम हृदयाघातको जोखिमपूर्ण मौसम मानिन्छ । त्यसैले जाडोमा मोटोपन घटाउने, सुगर नियन्त्रण गर्ने तथा कोलेस्टेरोल नियन्त्रण गर्नुपर्छ । चुरोटमा हुने निकोटिनले नशा खुम्च्याउँने भएकाले हृदयाघातको जोखिममा रहेका मानिसले चुरोट सेवन गर्नु हुँदैंन । यसले सानो आकारको मुटुको नशालाई बढी असर गर्छ । त्यसैले चुरोट सेवन गर्नेलाई जाडोमा हृदयाघात हुने सम्भावना बढी हुन्छ ।
हिउँ, चिसो हावा र कम तापक्रमले मुटु रोगीलाई बढी असर गर्छ । त्यसैले कम तपाक्रम हुने देशमा चिसोका बेला हृदयाघात भइसकेका वा जोखिममा रहेका मानिसलाई बाहिर नजाने सल्लाह दिइन्छ । धेरै चिसो तापक्रम हुने नर्वे, फिनल्याण्ड, रुसजस्ता मुलुकमा त ७० वर्ष उमेर काटेका मानिसलाई घरबाहिर ननिस्कन नै भनिन्छ । जाडो मौसममा मुटु रोगीमा हृदयाघात हुनुको अर्को कारण घाम लाग्ने र भिटामिन डीको कमी हुनु पनि हो । भिटामिन डीले रक्तनलीलाई स्वस्थ राख्न मद्दत गर्छ ।

विशेषगरी बिहानको समयमा हृदयाघात हुने सम्भावना बढी हुन्छ । बिहान उठ्ने बेलातिर र उठ्नेबित्तिकै हृदयाघात भएको पाइएको छ । चिसो हावा चलेको बेलामा झन् बढी हुन्छ । चिसो मौसममा फोक्सोसंबन्धी सिओपिडी का बिरामीलाई पनि हृदयाघात हुने सम्भावना बढी हुन्छ ।

मुटुको कुनै भागमा आकस्मिक रुपमा रक्तप्रवाह नहुँदा मुटुको मांशपेसीको मृत्यु हुन्छ, जसलाई हृदयाघात भनिन्छ । मुटुको मांशपेसीका तीन तह हुन्छन्– एपि कार्डियम मुटुको बाहिरी भाग मायो कार्डियम बीचको भाग र एन्डो कार्डियम भित्री भाग । यी तीन भागमध्ये कुनै पनि भागमा रगत सञ्चार नभएको खण्डमा हृदयाघात हुन्छ । तीनै भागमा रगत नपुग्ने भएमा सबैभन्दा खतरनाक हृदयाघात हुन्छ ।

यदि घरमा मुटुका रोगी छन् भने परिवारका सदस्यलाई बिरामी तथा रोगका बारेमा थाहा हुनु जरुरी छ । मुटु रोगी वा मधुमेहका बिरामीलाई बायातर्फको छाती दुख्ने समस्या सुरु भएमा तुरुन्त अस्पताल लैजानुपर्छ । अर्को कुरा हृदयाघातको जोखिममा रहेको मानिस वा उनका परिवारले इमर्जेन्सी औषधिका बारेमा पनि हल्का जानकारी राख्न जरुरी छ । जसले गर्दा अस्पतालसम्म लैजाने समय पाउँन सकिन्छ । हृदयाघात भएमा कार्डियाक मसाज दिने गरिन्छ । हृदयाघात हुँदा मुटु जथाभावी धड्किएको हुन्छ, जसलाई फिब्रिलेसन भनिन्छ । त्यसलाई ठीक ठाउँमा ल्याउँन छातीको देब्रेतर्फ एकमुक्का हानेर कार्डियाक मसाज गर्दा मुटुको चाल ठीक ठाउँमा आउँन सक्ने सम्भावना हुन सक्छ । तर त्यसका बारेमा सही ज्ञान हुनु जरुरी छ ।

हृदयाघात अकस्मात हुने भएकाले त्यसका लक्षणका बारेमा चनाखो हुनुपर्छ । छातीको बायातिर दुख्नु, छाती भारी हुने र दुखिराखेमा जोखिममा रहेका मानिस अस्पताल पुग्नुपर्छ । छाती दुख्नेसंगै पसिना आउँने, रिंगटा लागेमा हृदयाघात हुनसक्ने सम्भावनाको लक्षण हुन सक्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका