Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कोसी टापुमा पर्यटक आगमनमा निषेध – Gaule Khabar

कोसी टापुमा पर्यटक आगमनमा निषेध

कोसी टापुमा पर्यटक आगमनमा निषेध

इनरुवा, पुस १३ –

पूर्वाञ्चलको प्रसिद्ध पर्यटक क्षेत्रका रुपमा रहेको कोसी टापु वन्यजन्तु आरक्षमा पर्यटक आगमनमा निषेध गरिएको छ ।

आरक्षको जङ्गल क्षेत्रबाट दैनिकरुपमा जङ्गली हात्ती आएर बितन्डा मच्चाउने गरेका कारण आन्तरिक पर्यटक आगमनमा निषेध गरिएको कोसी टापु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ ।

हात्ती आतङ्कका कारण यहाँ अवलोकन गर्न आउने पर्यटकमा मानवीय खतरा बढेकाले आन्तरिक पर्यटक आगमनमा निषेध गरिएको आरक्षका संरक्षण अधिकृत श्यामप्रसाद साहले जानकारी दिनुभयो ।

आन्तरिक पर्यटकले अवलोकन गर्ने बेलामा पथ प्रदर्शक सहयोग नलिने गरेको र जङ्गल क्षेत्रको अवलोकन कसरी गर्ने विषयमा ज्ञानको अभाव भएकाले आरक्षमा आन्तरिक पर्यटक आगमनमा निषेध गरिएको आरक्षका संरक्षण अधिकृत साहले बताउनुभयो ।

उहाँले टाढाबाट तथा नेपालबाहेकका मुलुकबाट चरा तथा जङ्गली जनावर हेर्न आउने पर्यटकलाई अवलोकन गर्न दिइने वातावरण बनाउने बताउनुभयो ।

विदेशी मुलुकबाट आरक्षको चरा तथा अर्ना हेर्नका लागि आउने पर्यटकलाई पथ प्रदर्शक र सावधानी अपनाएर आरक्ष अवलोकनको वातावरण मिलाउने अधिकृत साहले बताउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका