Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सौराहामा हात्तीको बनभोज, छावाको फुटबलमा प्रभु बैंक विजयी – Gaule Khabar

सौराहामा हात्तीको बनभोज, छावाको फुटबलमा प्रभु बैंक विजयी

सौराहामा हात्तीको बनभोज, छावाको फुटबलमा प्रभु बैंक विजयी

चितवन, पुस १२–
पर्यटकिय नगरी सौराहामा जारी १३ औं चितवन हात्ती महोत्सव अन्र्तगत आज सौराहाका हात्तीहरुलाई सामुहिक बनभोज खुवाईएको छ ।
महोत्सव स्थल बाघमारा मध्यवर्ती सामुदायिक वनको खेल मैदानमा करिब ८० वटा हात्तीहरुलाई बनभोज खुवाईएको हो । हात्तीहरुलाई उखु तथा विभिन्न फलफुल खुवाईएको महोत्सवका संयोजक दीपक भट्टराईले जानकारी दिनुभयो ।

महोत्सवको बेला एक दिन भएपनि सबै प्रकारका खानेकुराहरु एकै समयमा सबै हात्तीलाई खुवाउँदा मनोरञ्जन हुनुको साथै हात्तीले पनि सबै खानाको स्वाद लिन पाउने भएकाले बनभोज कार्यक्रम राखिएको संयोजक भट्टराईले जानकारी दिनुभयो । सबै हात्तीलाई एकै स्थानमा लामबद्ध बनाएर खुवाउँदा दर्शकहरुको भीड लागेको थियो ।

यस्तै चितवन हात्ती महोत्सव अन्र्तगत आज भएको हात्तीका छावाहरु बीचको फुटवल प्रतियोगितामा प्रभू बैंक फाईलमा प्रवेश गरेको छ । सिजी फुड्र्सलाई ३–० गोल अन्तरले हराउँदै प्रभू बैंक फाईनलमा प्रवेश गरेको हो ।
फुटवल प्रतियोगिता अन्र्तगत अर्घखाँची सिमेन्ट र आरबी मोटर्सबीच भोली दोश्रो सेमीफाईन खेल हुने नतिजा प्रकाशन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिनुभयो ।


यसैगरि महोत्सवमा आज हात्ती फाष्ट वाक प्रतियोगिता अन्र्तगत भएका खेलबाट ६ वटा हात्ती सेमिफाईनलमा प्रवेश गरेका छन । समूह ‘सी’ बाट एकता कली, रानीमायाकली र बसन्ती कली सेमिफाईनमा प्रवेश गरेका छन् । समूह ‘डी’ बाट चम्पाकली, लक्ष्मी कली र युनाईटेडकली सेमिफाईनलमा प्रवेश गरेको संयोजक तिवारीले जानकारी दिनुभयो ।
महोत्सव अन्र्तगत गाँडा दौड प्रतियोगितामा ९ वटा गाडा सेमीफाईनमा प्रवेश गरेका छन । गाँडा दौड प्रतियोगितामा १५ वटा गाडाको सहभागिता रहेको थियो । डुंगादौड प्रतियोगितामा ४ वटा डुंगा सेमिफाईनमा प्रवेश गरेको तिवारीले जानकारी दिनुभयो ।
यस्तै महोत्सवमा आज पनि विविध साँस्कृतिक कार्यक्रमहरु सम्पन्न भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका