Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग – Gaule Khabar

विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

चितवन, पुस १२–

श्रमबाट मुक्त गरी विद्यालयमा भर्ना गरिएको खैरहनीकी एक बालिकालाई शैक्षिक सामाग्री तथा उनका अभिभावकलाई आयआर्जनको लागि सामाग्री सहयोग गरिएको छ ।

रत्ननगर नगरपालिकामा सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रम अन्र्तगत रत्ननगर उद्योग बाणिज्य संघले कंकाली माध्यामिक विद्यालय अध्ययनरत बालिकालाई शैक्षिक सामाग्री अभिभावकलाई सिलाई मेसिन सहयोग गरिएको हो । साथै अन्य तीन जना बालबालिकाहरुलाई पनि शैक्षिक सामाग्री सहयोग गरिएको संघका अध्यक्ष ज्ञानबहादुर विसुरालले बताए ।

रत्ननगर नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख पुष्पराज आचार्य, संघका कार्यसमिति सदस्य एवं बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रमका सदस्य रघुनाथ भट्ट, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष कृष्ण राज ढुंगाना, प्रधानाध्यापक अञ्जना आचार्य लगायतले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रम संघका अध्यक्ष ज्ञान बहादुर बिसुरालको अध्यक्षतामा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका