Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
द्वन्द्वपीडित एकल महिला सामूहिक आयआर्जनमा सक्रिय – Gaule Khabar

द्वन्द्वपीडित एकल महिला सामूहिक आयआर्जनमा सक्रिय

द्वन्द्वपीडित एकल महिला सामूहिक आयआर्जनमा सक्रिय

रुकुम,पुस १२ –

रुकुमको महत–२ की ४४ वर्षीया सगुनमाया बुढा एकल महिला हुनुहुन्छ । उहाँका श्रीमान्लाई द्वन्द्वको समयमा २०५७ सालमा नेपाल प्रहरीको हातबाट मृत्यु भएको थियो ।

श्रीमान्को मृत्यु भएपछि बुढालाई आफ्ना छोराछोरी पढाउन तथा घर खर्च चलाउन निकै समस्या भयो । केही वर्षसम्म उहाँले कष्टपूर्ण दिनहरु काट्नुभयो ।

विसं २०६६ देखि बुढाको दैनिकी परिवर्तन भएको छ । उहाँसँगै गाउँका अन्य द्वन्द्वपीडित एकल महिला एकजुट भएर जङ्गलमा खेर गइरहेका अल्लोको सङ्कलन गर्ने र त्यसबाट घरायसी सामग्री बनाउने काम थाले । यसपछिका दिनमा जीविका चलाउन उहाँलाई सजिलो भयो ।

गाउँका एकल महिला एकजुट भएर यस्तो काममा लागेको उहाँको भनाइ छ । पूर्वी रुकुमका महत, काँक्री, मोराबाङलगायत गाविसका १५ जनाभन्दा बढी द्वन्द्वपीडित एकल महिलाले सामूहिक रुपमा अल्लो सङ्कलन गरेर अहिले राम्रो आम्दानी गरिरहेका छन् ।

अल्लोको धागोबाट कम्बल, टोपी, सुइटर, पटुकालगायतका सामग्री निर्माण गर्ने गरेको बुढाले बताउनुभयो । सुरुमा निर्माण गरिएका सामग्री बिक्री नभए पनि अहिले भने व्यापारीहरु सङ्कलनका लागि गाउँमै आउने गरेको र मूल्य पनि राम्रो तिर्ने गरेको उहाँको भनाइ छ ।

एक मौसममा अल्लोको धागोबाट निर्माण गरिएका सामग्री बिक्री गरेर हरेक महिलाले करिब रु ४० देखि ५० हजारसम्म आम्दानी गर्ने गरेको बुढाले बताउनुभयो । उनीहरु अहिले मेसिनबाटै विभिन्नखालका सामग्री निर्माण गर्ने गर्छन् । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका