Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भूकम्पपीडितका नाममा सालका रुख कटान – Gaule Khabar

भूकम्पपीडितका नाममा सालका रुख कटान

भूकम्पपीडितका नाममा सालका रुख कटान

बनेपा, पुस १२–

काभ्रेपलाञ्चोककको पाँचखाल नगरपालिका र महादेवस्थान गाविसमा भूकम्पपीडितका नाममा धमाधम सालका रुख काटिएका छन् ।

जिल्लाका पाँचखाल क्षेत्र र महादेवस्थानको हिगुवापाटी आसपासमा आज प्रहरीले झन्डै ३०० क्युफिट अवैध सालको काठ फर्निचर कारखानाबाट बरामद गरेपछि काठ काटिएको खुल्न आएको हो । ती काठको मूल्य प्रतिक्यफिट रु पाँच सय पर्छ ।
भूकम्पपीडितका नाममा काटिएका अवैध काठसहित पाँचखाल– ३ स्थित उमादेवी फर्निचर उद्योगका सञ्चालक तेजप्रसाद न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रीपञ्चकन्या फर्निचर समिलका सञ्चालक रमेश क्षेत्री र अर्को फर्निचर उद्योगका सञ्चालक भने फरार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज राईले लामो समयदेखि नै भूकम्पपीडितका नाममा फर्निचर उद्योगले व्यवसाय गरेको आशङ्का गर्दै बरामद भएको अवैध काठ वन कार्यालयलाई बुझाइने बताउनुभयो ।

जिल्ला वन कार्यालय, धुलिखेलका वन अधिकृत प्रेम खनालले टाँचा नलगाइएका कारण प्रतिबन्धित सालको काठ अवैध भएको उल्लेख गर्दै काठ कटानमा इजाजत नलिइएको पनि बताउनुभयो ।

“यो भूकम्पपीडितको नाममा बेथिति हो”, उहाँले भन्नुभयो । वन अधिकृत खनालले जिल्लाका अन्य स्थानमा पनि यस्तो क्रियाकलाप भएको हुन सक्ने जनाउँदै अब यसको गहन अध्ययन थालिने बताउनुभयो ।

बोक्सेफेदी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नारायणप्रसाद तिवारीले उपभोक्ता समितिको निर्णयानुसार भूकम्पपीडितलाई पाँच थान काठ काट्न स्वीकृति दिक्ष्एको उल्लेख गर्दै काठ काट्ने विषयमा इजाजत लिनेबारे आफूलाई जानकारी नभएको जिकिर गर्नुभयो ।

सो क्षेत्रमा केही उपभोक्ताले भूकम्पपीडितको घर निर्माणका लागि आफ्नै वनको काठ काटेर कारखानामा चिराउनका लागि ल्याइएको जिकिर गरेका छन् । यस विषयमा सम्बन्धित निकायलाई भने कुनै जानकारी छैन । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका