Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नीतिहरुमा समयानुकूल परिमार्जन गरिनेछ–सञ्चार सचिव गुरुङ – Gaule Khabar

नीतिहरुमा समयानुकूल परिमार्जन गरिनेछ–सञ्चार सचिव गुरुङ

नीतिहरुमा समयानुकूल परिमार्जन गरिनेछ–सञ्चार सचिव गुरुङ

काठमाडौँ, पुस ११ –

नेपाल सरकारको निर्णयबमोजिम सूचना तथा सञ्चार मन्त्रालयमा पदस्थापन हुनुभएका सञ्चार सचिव महेन्द्रमान गुरुङले सञ्चार क्षेत्रमा भए गरेका सुधारका कार्यहरुमा आवश्यकताअनुरुप समयानुकूल परिमार्जन गरिने बताउनुभएको छ ।

सञ्चार मन्त्रालयमा आज आयोजित स्वागत एवम् बिदाइ कार्यक्रममा उहाँले प्राथमिकता र सहभागितात्मक विधिबाटै मन्त्रालयका कार्यहरु अगाडि बढाइने र त्यसमा सहयोग गर्न मन्त्रालयका कर्मचारी र सञ्चार सम्बद्ध सबै निकायसँग आग्रह गर्नुभयो ।

सचिव गुरुङले प्रक्रिया र कार्यविधि सबैजसो मन्त्रालयको एकै किसिमको हुन्छ, तर के कुरा नयाँ र फरक किसिमबाट गर्न सकिन्छ भन्नेमा विचार गर्नु आवश्यक हुन्छ भन्नुभयो ।

सचिव गुरुङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सरुवा भएर सूचना तथा सञ्चार मन्त्रालयमा आजै पदस्थापना हुनुभएको हो ।

सोही समारोहमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा हुनुभएका सचिव दिनेशकुमार थपलियाले विकास र सेवा प्रवाहलाई आफूले जीवनमा सर्वाधिक प्राथमिकता दिएको स्मरण गर्दै सूचना तथा सञ्चार मन्त्रालयलाई त्यो रुपमा लैजान अझै केही गर्नुपर्ने खाँचो देखिएको बताउनुभयो ।

उहाँले विधिलाई प्रविधिसँग जोडेर कसरी समृद्धि हासिल गर्न सकिन्छ भन्ने मूल प्रश्न रहेको चर्चा गर्दैै सञ्चार क्षेत्रलाई अगाडि बढाउन थालिएका कार्यहरु सही मार्गमा आएकाले त्यसलाई निरन्तरता दिनु आवश्यक छ भन्नुभयो ।

सञ्चार मन्त्रालयका सहसचिव किशोरजङ्ग कार्कीले विगत ११ महिनाको अवधिमा सरकारको स्वामित्वमा रहेका सञ्चारमाध्यमका प्रमुख पदाधिकारीहरुको नियुक्तिको मापदण्ड बनेको, सुरक्षण मुद्रण गठन आदेश जारी भएको, नेपाल टेलिकममा फोर–जी सेवा सञ्चालन हुन लागेको, दूरसञ्चार प्राधिकरणबाट अप्टिकल फाइबर बिछ्याउनेतर्फ कार्य भएको, नेपालको आफ्नै भूउपग्रह जडान हुने अवस्थामा पुगेको, सञ्चार मन्त्रालय मातहतका निकायमा डिजिटल आर्काइभ बनाउने कार्य अन्तिम चरणमा पुगेको, बक्स अफिस कार्यक्रम लागू हुन लागेको, आमसञ्चार नीति परिमार्जन भएको, विज्ञापनमा क्लिन फिड नीति लागू भएकोलगायतका महत्वपूर्ण कार्य भएको बताउनुभयो ।

शीघ्र कार्यप्रणाली रुचाउने सचिव थपलियाले २०७२ माघ १४ गतेदेखि सूचना तथा सञ्चार मन्त्रालयको कार्यभार सम्हाल्नुभएको थियो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका