Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बाँकेको हवल्दारपुरमा पशु हाट वजार – Gaule Khabar

बाँकेको हवल्दारपुरमा पशु हाट वजार

बाँकेको हवल्दारपुरमा पशु हाट वजार

बांके,पुस ११-

बाकेको हवल्दार पुरमा पशु हाट बजार सुरु भएको छ । कृषक हरुको बजार सम्म सिधा पहुच पुर्याउन साप्ताहिक रुपमा पशु हाट बजार सुरु गरिएको हो ।जनकल्याण बहुउदेश्य सहकारी संस्थाको ब्यवस्थापनमा संम्सेरगंज गाबिसको बडा नं ७ साप्ताहिक रुपमा पशु हाट बजार लाग्ने हाट बजार संञ्चालन समितीका अध्यक्ष ओम प्रकास वर्णवालले बताए ।

हाट बजारमा रागा,भैसी,गाई,गोरु भेडा ,बाख्रा लगायतका पशु चौपायहरुको खरिद बिक्रि गरिने अध्यक्ष बर्णवालले जानकारी दिए । हाट बजारको सुभारम्भ गदै जिल्ला पशु सेवा कार्यालय बाकेका प्रमुख डा बेद बहादुर केसीले हाट बजार संञ्चालन संगै जिल्लाको पशु उत्पादनले उचित बजार पाउने बिस्वास ब्यक्त गरे ।

हाट बजार संञ्चालन संगै छिमेकी र बाहिरी जिल्लाका ब्यापारी समेत आउने भएकाले पशुहरुको उत्पादनले उचित मुल्य पाउने बताए । हाट बाजरमा पशु पालक कृषक र ब्यावसायि दुवैको बाक्लो जमघट हुने भएकाले कृषक र ब्यापासयी दुवैले उचिल लाभ उठाउन सक्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै पशु पक्षिजन्य ब्यावसायि संघका केन्द्रका केन्द्रीय सदस्य राजु शाहिले बिभिन्न कारण बन्द रहेको हाट बजार संञ्चालनमा आए संगै कृषक र उपभोक्ता दुवैले फाईदा लिन सक्ने बताए ।

हवल्दार हाट बजार जिल्ला बाहिरका ब्यावसायिहरुको बाक्लो उपस्थिती हुन सक्ने हाट बजार रहेको बताउदै उनले देशकै नमुना हाट बजार बन्न सक्ने धारणा राखे । उनले हाट बजार संञ्चालन आए संगै बिभिन्न समुहले दुख दिने गरेको गुनासो गरे । बाकेको हवल्दार पुरमा २०४३ साल देखि मेला लाग्दै आएको मा बिभिन्न कारणले बन्द रहेको थियो । बिगतमा एक हप्तामा ४० देखि ५० ट्रक रागा काठमाण्डौ पठाउने गरेको ब्यासायि शाहिले स्मरण गरे ।

आईतवार देखी पुन सुरु हाट बजार बाट खरीद गरि ३ ट्रक रागा काठमाण्डौ पठाईएको मेला संञ्चालन समितीका उपाध्यक्ष सिव कुमार सुनारले जानकारी दिए ।उनका अनुसार पहिलो दिनको मेलामा उत्साहजनक कारोवार भएको छ । पहिलो दिनको हाट बजारमा गाई , भैसी ,रागा, गोरु र भेडा लगायतका पशु चौपाई खरिद बिक्रिका लागि बजारमा ल्याईएको थियो ।सुनारले हवल्दार पुर हाट बजार लाई बिभिन्न साझेदार संघ सस्था संगको सहकार्यमा देशको नमुना हाट बजार बनाउने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका