बुटवलमा बिहानैदेखि प्रदर्शन, उद्योगी व्यवसायी सडकमा

बुटवलमा बिहानैदेखि प्रदर्शन, उद्योगी व्यवसायी सडकमा

बुटवल,मंसिर १७-

प्रदेश नम्बर ५ का पहाडी जिल्लालाई ‘अलग गर्ने’सहितको संविधान संशोधन प्रस्तावको विरोधमा बुटवलमा शुक्रबार बिहानैदेखि प्रदर्शन गरिएको छ।बुटवलमा शुक्रबार उद्योगी व्यवसायीले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ, पश्चिम नेपाल बस व्यवसायी संघ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रिक्सा व्यवसायी संघ, पेट्रोलियम डिलर्स एशोसिएसन लगायतका दर्जनौं संघसंस्थाले अखण्ड प्रदेश नम्बर ५ को माग गर्दै विरोध प्रदर्शन गरे ।

राजमार्ग चौराहाबाट शुरु भएको विरोध प्रदर्शन बुटवल नगर परिक्रमा गरी ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।बुटवलसँगको सदियौंदेखिको व्यापारिक र गाउँबेसीको सम्बन्ध तोड्ने गरी आएको संसोधन प्रस्ताव खारेज नगरेसम्म आन्दोलन जारी रहने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंहले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ