Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
श्रीनिवास र अनुको स्वरमा आयो माघीको नयाँ गीत (अडियोसहित) – Gaule Khabar

श्रीनिवास र अनुको स्वरमा आयो माघीको नयाँ गीत (अडियोसहित)

श्रीनिवास र अनुको स्वरमा आयो माघीको नयाँ गीत (अडियोसहित)

चितवन, पुस ११–

थारु समुदायबाट लोकप्रिय बनेका गायक तथा सञ्चारकर्मी श्रीनिवास चौधरीले थारु नयाँ वर्ष माघीको नयाँ गीत ल्याएका छन्। आदिबासी थारु हमरे धर्तिपुत्र तराईकेलगायत चर्चित दुई सय पचासभन्दा बढी थारु नेपाली भोजपुरी गीत गाएका उनले ‘आइल रे आइल माघी’ बोलको गीत बजारमा ल्याएका हुन् ।

अहिले अडियो मात्र सार्वजनिक सो गीतको अब छिट्टै भिडियो समेत निकालिने गायक श्रीनिवास चौधरीले जानकारी दिनुभयो । थारु जनकबि बमबहादुर चौधरीको शब्द, विकास चौधरीको संगीत, महाराजा थापाको संगीत संयोजन रहेको गीतमा गायक श्रीनिवासलाई नवगायिका अनु चौधरीले साथ दिएकी छन्। गीतमा नवगायिका अनु चौधरीको स्वरलाई बिलउडकी ख्यातीप्राप्त गायिका अल्का याज्ञनिकसँग तुलना गरिएको गायक श्रीनिवासले जानकारी दिए।

उनको स्वरले प्रभावित भएर आफूले पनि कुमार सानुको स्वर दिएको उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका